आइतबार, मंसिर ९ गते २०८१    
images
images

भेरिएसन र नयाँ टेन्डरमा बार्गेनिङ गर्दै आईडीएमआईए, सर्भर डाउनको नाममा राहदानी वितरणमा अवरोध

images
आइतबार, मंसिर ९ २०८१
images
images
भेरिएसन र नयाँ टेन्डरमा बार्गेनिङ गर्दै आईडीएमआईए, सर्भर डाउनको नाममा राहदानी वितरणमा अवरोध

आईडीईएमआईएबाहेक अब अन्य कम्पनीलाई प्रतिस्पर्धामा रोक्न फेरि थप भेरिसनबाट राहदानी लिन वातावरण बनाउन आईडीईएमआईएले सरकारसँग बार्गेनिङ गरेको हो।

images
images

काठमाडौं- पाँच दिनदेखि विद्युतीय राहदानी वितरण रोकिएको छ। राहदानी छापाइ तथा प्रविधि व्यवस्थापनको जिम्मा पाएको कम्पनीले प्राविधिक कारण देखाउँदै राहदानीको काम रोकेको हो। 

images
images
images

कम्युटरमा भाइरस देखा परेको भन्दै राहदानी वितरण अवरुद्ध भएको राहदानी विभागले जानकारी दिएको छ। यद्यपि आजदेखि विभागमा अत्यावश्यक सेवा सुरू भएको र सबैतिर सामान्य हुन अझै १/२ दिन लाग्ने विभागले जानकारी दिएको छ।

images

कुन प्राविधिक समस्याका कारणले अवरोध सिर्जना भएको हो भनेर अहिलेसम्म विभागले स्पष्ट पार्न सकेको छैन। यसका पछाडि कारण छ छपाईको जिम्मा पाएको आईडीएमआईएको नियत। यो कम्पनीले पछिल्लो डेढ दशकदेखि नेपालको राहदानीको ठेक्कामा एकाधिकार जमाउँदै आएको छ। यहीबेला भेरिएसनबाट छपाईको काम लिन र दरमा बार्गेनिङ गर्नका लागि कृत्रिम समस्या सिर्जना गरेको विभाग निकट स्रोतको भनाइ छ।

images

विभागसँग १२ लाख हाराहारीमा मात्रै राहदानी बाँकी छ। यो राहदानी अहिलकै हिसाबमा वितरण गरिरहेको अवस्थामा अधिकतम १० महिनालाई मात्रै पुग्छ। तर विद्युतीय राहदानी छपाईका लागि टेन्डर हुने सकेको छैन।

टेन्डर प्रक्रियामा विभागले काम गरिरहेको छ। विभागले टेन्डर प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा आईडीईएमआईएले प्रक्रिया रोक्न र आफूअनुकूल बनाउन सर्भर नै डाउन गरेर बार्गेनिङ गरिरहेको छ। 

विभागमा पनि राहदानी कम भएपछि आईडीईएमआईएले सर्भरमा समस्या देखाउँदै केही दिन राहदानी वितरण समस्या खडा गरेको थियो। २०७९ को पुसमा राहदानी अभाव हुँदै गएपछि आईडीईएमआईएले सरकारलाई भेरिएसनबाट नै राहदानी लिन बाध्य पार्न एक सातासम्म सर्भरमा समस्या खडा गरेर काम अवरोध गरेको थियो। उक्त बेला पनि सरकारले आईडीईएमआईए बार्गेनिङ मान्न तयार भएको थियो। किनकी खुल्ला प्रतिस्पर्धाबाट राहदानी छपाईका लागि विभागसँग पर्याप्त समय थिएन। आईडीईएमआईएको सर्त अनुसार नै २०८० को असारमा प्रविधि र पूर्वधारको लगानी समेत नहटाइ १०.१३ मा ३४ पेजको २८ लाख राहदानी भेरिएसन छपाई गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय सँगै प्रतिस्पर्धाबाट राहदानी छपाईको काम सुरु गर्नु पर्ने विभागले कुनै काम गरेन। अन्तत: २०८० को चैतमा मन्त्रिपरिषद्‌बाट राहदानी छपाईको  प्रक्रिया अगाडि बढाउने निर्णय अनुसार विभागले काम थालेको थियो। विभागका उच्च तहका कर्मचारीले काम थालनी गरेपनि आईडीईएमआईएकै सल्लाहअनुसार काममा ढिलासुस्ती गरेर समय बिताउँदै गएका थिए। विभागका कर्मचारीले २०८१/०८२ भित्रै राहदानी छपाईको काम गर्नु पर्ने भएपनि ढिला सुस्तीकैलागि चालु आवको बजेटमा समेत स्रोत सुनिश्चित गराउने काम गरेन।

आईडीईएमआईएकै सल्लाहअनुसार अब नयाँ कम्पनी छनोट गर्दा विभागसँग रहेको राहदानीले नपुग्ने निश्चित भएपछि आईडीईएमआईएलाई सर्भर डाउन लगाएको स्रोतको दाबी छ। विभागका कर्मचारीका अनुसार ठेक्का सम्झौतापछि पनि नयाँ कम्पनी छनोट भएको अवस्थामा राहदानी वितरण गर्न एक वर्षभन्दा बढी समय लाग्छ। यहाँ त अहिलेसम्म राहदानी छपाईका लागि टेन्डर नै हुने सकेको छैन। विभागसँग भएको राहदानीले अधिकतम १० महिना पनि पुग्दैन। यस्तो अवस्थामा कि आईडीईएमआईएलाई सहज हुनेगरी टेन्डर गर्ने खेल भइरहेको छ।

आईडीईएमआईएबाहेक अब अन्य कम्पनीलाई प्रतिस्पर्धामा रोक्न फेरि थप भेरिसनबाट राहदानी लिन वातावरण बनाउन आईडीईएमआईएले सरकारसँग बार्गेनिङ गरेको हो।


प्रकाशित : आइतबार, मंसिर ९ २०८११४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend