शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हकप्रदसँगै आकर्षक लाभांश आउने चर्चाले आईएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

images
बिहीबार , माघ ६ २०७८
images
हकप्रदसँगै आकर्षक लाभांश आउने चर्चाले आईएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

कम्पनीको बिहीबार मात्रै १ लाख ८४ हजार ३०१ कित्ता कारोबार हुँदा २२ करोड ५३ हजार रुपैयाँको खरिद बिक्री भएको छ।

images
images

काठमाडौं- आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर साताको अन्तिम दिन धेरै कारोबार हुने सूचीमा परेको छ। बिहीबार एकै दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँले बढेर १२१७ रुपैयाँ कायम भएको छ।

images
images
images

ननलाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गरेर चुक्तपुँजी विस्तारको समेत योजना बनाएको छ। कम्पनीले यसअघि २०७५ मा पनि १०ः३ को अनुपातमा हकप्रद सेयर जारी गरेको थियो। 

images
images

कम्पनीको बिहीबार मात्रै १ लाख ८४ हजार ३०१ कित्ता कारोबार हुँदा २२ करोड ५३ हजार रुपैयाँको खरिद बिक्री भएको छ। पछिल्लो ५२ हप्तामा अधिकतम १४६५ रुपैयाँमासम्म पुगेको थियो भने न्युनतम ८६५ रुपैयाँमा कारोबार भएको थियो। 

images
images

१ करोड १५ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड७५ लाख  रुपैयाँ रहेको छ। कम्पनीको बिहीबारसम्म बजार पुँजीकरण १४ अर्ब ८७ लाख रुपैयाँ पुगेको छ। 

igi.JPG

कम्पनीले गतवर्ष ७.३७ प्रतिशत लाभांश दिएको भएपनि यसवर्ष भने घोषणा गर्न बाँकी नै रहेको छ। यसवर्ष राम्रै बोनस प्रस्ताव गर्ने तयारी भएकोले पनि सेयर लगानीकर्ताहरु कम्पनीमा झुम्मिएका हुन्। 

कम्पनीले चालु आवको पहिलो तीन महिनामा ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। दोस्रो त्रैमास रिपोर्ट सार्वजनिक हुँदैछ। कम्पनीको प्रतिसेयर आम्दानी १६४.१९ रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , माघ ६ २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend