मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, मंसिर ९ २०८१
नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १० गते बुक क्लोज गर्दैछ।

काठमाडौं- नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १० गते बुक क्लोज गर्दैछ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृहमा ४० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको सेनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६ सय ७२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, सभाले गाभ्ने/गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पुर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ।

 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend