मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

जीवन विकास लघुवित्तको लाभांश घोषणा

आइतबार, मंसिर ९ २०८१
जीवन विकास लघुवित्तको लाभांश घोषणा

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रकाशित : आइतबार, मंसिर ९ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend