मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

रिद्धि सिद्धि सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्ने, यस्तो छ वित्तीय अवस्था

शनिबार, मंसिर ८ २०८१
रिद्धि सिद्धि सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्ने, यस्तो छ वित्तीय अवस्था

सन् २०२४ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीको व्यापारमा केही सुधार आइरहँदा मार्जिनमा पनि सुधार देखिएको छ।

काठमाडौं- रिद्धि सिद्धि सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले अनुमतीका लागि नेपाल धितोपत्र बोर्डमा अवेदनसमेत दिएको छ।

कम्पनीले प्रतिकित्ता २१४ रुपैयाँमा जारी गर्नेगरी आवेदन दिएको छ। १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता आइपीओ जारी गरिने छ। जसका  लागि एनआइएमबी एस क्यापिटल नियुक्त भइसकेको छ।

रिद्धि सिद्धि सिमेन्ट कम्पनीको कुल लागत ६.११ अर्ब हुनेछ। जस मध्ये बैंकहरुको कुल ४.५८ अर्बको लगानी हुनेछ। रिद्धि सिद्धि सिमेन्ट कम्पनी शंकर ग्रुप तथा अम्बे समूहको लगानी रहेको कम्पनी हो। रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको रोबोल्याब प्रविधि नेपालकै लागि नमुना प्रविधि हो। साथै सिमेन्टको उद्योग हेटौंडामा रहेको छ।

सन् २०२४ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीको व्यापारमा केही सुधार आइरहँदा मार्जिनमा पनि सुधार देखिएको छ।

सन् २०२१ मा २६.१८ प्रतिशत मार्जिन रहेको कम्पनीको सन् २०२२ मा मार्जिन १८.०३ प्रतिशतमा सीमित भएको थियो। त्यसपछि सन् २०२३ मा यसको मार्जिन १८.७२ प्रतिशत पुगेको थियो। सन् २०२४ मा भने यसको मार्जिन २४.८१ प्रतिशत पुगेको छ।

सिमेन्ट र क्लिंकरको उत्पादन तथा बिक्रीका लागि यो कम्पनीसँग ग्राइन्डिङका लागि ७ लाख ३० हजार मेट्रिक टन प्रतिवर्षको उत्पादन क्षमता रहेको छ। त्यस्तै क्लिंकर उत्पादनका लागि ८ लाख ४० हजार मेट्रिक टन प्रतिवर्षको क्षमता रहेको छ। कम्पनीले रिद्धि सिद्धि र मकवानपुर सिमन्ट ब्राण्ड नाममा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गर्दै आएको छ। यसको उत्पादन कारखाना हेटौंडा रातेमाटेमा रहेको छ।

कम्पनीले १० अर्ब ५९ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको थियो। इन्फोमेरिक्सले कम्पनीलाई दीर्घकालीन कर्जा सुविधाका लागि ८ अर्ब २७ करोड ८६ लाख रुपैयाँमा त्रिपल बी माइनस र २ अर्ब ३२ करोड १० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए थ्री रेटिङ दिएको छ।


प्रकाशित : शनिबार, मंसिर ८ २०८११५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend