शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

स्याङ्जामा ५७ करोडको सुन्तला बिक्री

images
बिहीबार , माघ ६ २०७८
images
स्याङ्जामा ५७ करोडको सुन्तला बिक्री

जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ।

images
images

वालिङ- सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ। 

images
images
images

गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो। जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ।

images
images

उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान/व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए। 

images
images

जिल्लामा कुल एक हजार ९६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ। तीमध्ये एक हजार ३८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ। 'यसवर्ष कुल ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला फलेको थियो', प्रमुख हमालले भने, 'उत्पादनको २५ प्रतिशत अर्थात् १९ करोड तीन लाख रुपैयाँ बराबरको सुन्तला किसान तथा व्यवसायी आफैले उपभोग गरेको देखिन्छ भने बाँकी ७५ प्रतिशत अर्थात् ५७ करोड ९ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो।'

उनका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कुल ११ करोड ४१ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ। त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३०४ मेट्रिक टन बिक्री हुँदा ४५ करोड ६७ लाख २० हजार रुपैयाँ आम्दानी भएको छ। यसवर्ष किसानले प्रतिकिलो थोक मूल्य ५० र खुद्रा मूल्य ८० रुपैयाँमा बिक्री गरेका छन्। 

गतवर्ष स्याङ्जामा कुल एक हजार ६५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १६० हेक्टर क्षेत्रफलमा सुन्ताला खेती गरिएको थियो। सो खेतीबाट १७ हजार ६३२ टन सुन्तला उत्पादन भएको थियो। यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताए। 

गतवर्ष जिल्लामा ७९ करोड ३४ लाख ४० हजार रुपैयाँ बराबरको उत्पादन भए पनि जम्मा ५५ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो। किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य ४५ र खुद्रा मूल्य ७५ रुपैयाँ मा सुन्तला बिक्री गरेका थिए। रासस


प्रकाशित : बिहीबार , माघ ६ २०७८०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend