सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनबारे अबुधाबीमा छलफल

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ८ २०८१
images
आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनबारे अबुधाबीमा छलफल

नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए।

images
images

काठमाडौं- आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो।

images
images
images

संयुक्त अरब इमिरेट्स युएईका लागि नेपालका  राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवरद्धधन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए। आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्‍याए। 

images
images

त्यस अवसरमा गत बिहीबार नेपालका उद्योगी-व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली संघ, युएई,नेपाल विजनेस काउन्सिल युएई तथा यूएईमा रहेका उद्योगी-व्यवसायीबीच नेपाल र युएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै युएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा गहन छलफल  भएको उक्त दूतावासले जनाएको छ।
  
नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए। 

images
images

यसैबीच, मङ्सिर २ देखि ५ गतेसम्म दुबईमा आयोजना भएको ‘मिडल इष्ट अर्ग्यानिक  एण्ड नेचुरल प्रडक्ट एक्स्पो’मा नेपालका १२ कक्षमार्फत नेपाली उत्पादन प्रवर्द्धन गरिएको थियो। 

मेलामा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल निर्यात व्यावसायी महासंघका प्रतिनिधि सहभागी थिए। विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त मेलामा नेपाल पहिलोपटक सहभागी भएको हो। रासस 


प्रकाशित : शनिबार, मंसिर ८ २०८१०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend