सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

एलन मस्कसँग प्रधानमन्त्री ओलीले गरे भिडियो कुराकानी, स्टारलिंक नेपाल आउला?

images
शुक्रबार, मंसिर ७ २०८१
images
एलन मस्कसँग प्रधानमन्त्री ओलीले गरे भिडियो कुराकानी, स्टारलिंक नेपाल आउला?
images
images

काठमाडौं- संसारकै धनाढ्य तथा अमेरिकी प्रभावशाली व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुराकानी गरेका छन्। 

images
images
images

ओलीले केहीबेरअघि मस्कसँग भिडियो कलमा कुराकानी गर्दैगरेको जानकारी गराउँदै फोटो फेसबुकमा पोष्ट गरेका छन्। 

images
images

मस्कको कम्पनी स्टारलिंकले नेपालमा आउन खोजिरहेको समयमै प्रधानमन्त्री र मस्कबीच कुराकानी भएको हो।

images
images

स्टारलिंकले नेपालमा पनि सेवा दिन खोजेको छ। स्टारलिंकले आफ्नो वेबसाइटमा नेपाललाई सम्भावित सेवा सुरु हुने देशको सूचीमा सामेल गरेको छ। नेपाल आएर कम्पनीले छलफल गरेपनि कानूनी अड्चनका कारण रोकिएको छ। 

ओली सरकार गठनपछि पनि स्टारलिंकका प्रतिनिधिले विभिन्न तहमा भेटघाट गरेका छन्। तर कानून संशोधन नगरी स्टारलिंक आउने सम्भावना छैन।

नेपालको नियमअनुसार २० प्रतिशत स्वामित्व स्थानीय हुनुपर्ने छ तर स्टारलिंकले कसैलाई पनि सेयर नदिने नीति लिएको छ। यही कारण नियममा लचिलो बनिदिन स्टारलिंकका प्रतिनिधिहरूले नेपाल सरकारसँग पटकपटक आग्रह गरेका छन्। 

स्याटेलाइट ब्रोडब्यान्ड सेवाका लागि ‘ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट सर्भिस’ लाइसेन्स लिनुपर्छ। यस्तो लाइसेन्सको व्यवस्था पनि नेपालको कानूनमा छैन। 

अन्तरिक्षमा अहिलेसम्म २ हजार ७ सय स्याटेलाइट रहेका छन्। यसलाई स्टारलिंकले १२ हजार पुर्‍याएर दुनियाँको सबै हिस्सामा इन्टरनेट सम्भव बनाउने लक्ष्य लिएको छ। 

न्यून लेटेन्सी र उच्च गतिको इन्टरनेट पृथ्वीको सबै भूभागमा पुर्याउने लक्ष्य लिएको स्टारलिंकले अहिले भने १५० एमबीपीएसको गति दिएको दाबी गरेको छ।


प्रकाशित : शुक्रबार, मंसिर ७ २०८१२१:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend