शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पाँच महिनापछि धितोपत्र बोर्डद्वारा १ करोड १३ लाख कित्ता आईपीओ जारी गर्ने अनुमती, कुनको कति ?

images
बिहीबार , माघ ६ २०७८
images
पाँच महिनापछि धितोपत्र बोर्डद्वारा १ करोड १३ लाख कित्ता आईपीओ जारी गर्ने अनुमती, कुनको कति ?

गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको थियो।

images
images

काठमाडाैं- नेपाल धितोपत्र बोर्डले रोकिएको साधारण सेयर (आईपीओ) पाँच महिनापछि जारी गर्ने अनुमती दिएको छ। बोर्डले एकै पटक पाँच वटा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

images
images
images

बोर्ड अध्यक्ष नियुक्ती प्रक्रियामा समस्या आएपछि सबै काम प्रभावित हुँदै आएको थियो। अहिले बोर्डले अर्थमन्त्रालयका प्रतिनिधि तथा सहसचिव शोभाकान्त पौडेललाई अधिकार प्रत्यायोजन गरेपछि एकै पटक पाँच वटा कम्पनीलाई आईपीओको अनुमती दिइएको हो।

images
images

‘अहिले पाँच वटा कम्पनीलाई अनुमती दिइएको छ, अब अन्यले पनि पाउने छन्,’ बार्डका कार्यकारी निर्देशक निरज गिरीले भने। अध्यक्ष नभएपनि अर्थमन्त्रालयका प्रतिनिधिलाई अधिकार दिइएकोले अब धमाधम अनुमती पाइने र पाँच वटाले अब शुल्क बुझाएपछि आईपीओ जारी गर्न पाउने समेत गिरीले जानकारी दिए। गिरीका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिइएको हो। 

images
images

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणसमेतका लागि कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ फागुन २५ गते निवेदन दर्ता गराएको थियो। 

त्यस्तै ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो। जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेका हुन्।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ असार २४ गते बोर्डमा निवेदन दिएको हो । नेष्डो लघुवित्तले भने ८ लाख २८ हजार ७५० कित्ता आईपीओ विक्रीका लागि २०७८ असार ६ गते निवेदन दिएको थियो ।

हाल धितोपत्र बोर्डमा यी पाँच वटा कम्पनीहरुसहित ३१ वटा कम्पनीहरु आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन्। प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो। नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो। त्यसपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। 


प्रकाशित : बिहीबार , माघ ६ २०७८०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend