बुधबार, मंसिर १९ गते २०८१    
images
images

पहिलोपटक नेपालको सार्वभौम साख मूल्यांकन : सुविधाजनक अवस्थामा वैदेशिक ऋण, अस्थिरताको चिन्ता

images
बिहीबार , मंसिर ६ २०८१
images
images
पहिलोपटक नेपालको सार्वभौम साख मूल्यांकन : सुविधाजनक अवस्थामा वैदेशिक ऋण, अस्थिरताको चिन्ता

कमजोर संरचनाका कारणले ऋणको परिचालन हुनुपर्नेजति र हुनुपर्ने जसरी नभएको फिचले उल्लेख गरेको छ।

images
images

काठमाडौं- नेपालको पहिलोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) भएको छ। रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम साख मूल्यांकन गरेको हो।

images
images
images

फिचले नेपालको रेटिङका बारेमा प्रकाशन गरेको विवरणअनुसार वैदेशिक ऋण सुविधाजनक अवस्थामा रहेको उल्लेख गरिएको छ। ऋणको अवस्था चिन्ताजनक नभए पनि संरचनागत अवस्था भने कमजोर रहेको उल्लेख गरिएको छ।

images

कमजोर संरचनाका कारणले ऋणको परिचालन हुनुपर्नेजति र हुनुपर्ने जसरी नभएको फिचले उल्लेख गरेको छ।

images

तर आन्तरिक वित्तीय स्रोतको अवस्था भने जोखिमोन्मुख रहेको उल्लेख गरिएको छ। फिचले नेपालमा ऋणको परिचालनको अनुपातमा र अन्य स्रोतको परिचालन अनुसार राजस्वको स्रोतमा विस्तार नभएको उल्लेख गरेको छ।

कमजोर राजस्व संकलन तथा बढ्दो खर्चका कारणले ढुकुटी जीडीपीको ३ प्रतिशतले नोक्सानीमा गएको उल्लेख गरिएको छ।

तर राजनीतिक अस्थिरता तथा नीतिगत सुधारमा भएको ढिलाइले आर्थिक गति सुस्त देखिएको छ। नेपाली अर्थतन्त्रको अवस्था जोखिमा पनि नजाने र अघि बढ्न नसक्ने अवस्थामा रहेको छ।

फिचले नेपाललाई ‘डबल बी माइनस’ रेटिङ दिएको छ।


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend