बिहीबार , मंसिर २७ गते २०८१    
images
images

सिद्धार्थ शमशेर राणाको लगानीमा सोल्टीमोडमा प्रिमियम अपार्टमेन्ट निर्माण हुने

‘द ओबराय काठमाडौं’ पाँचतारे होटल निर्माण सुरू हुँदै

images
आइतबार, मंसिर ९ २०८१
images
images
सिद्धार्थ शमशेर राणाको लगानीमा सोल्टीमोडमा प्रिमियम अपार्टमेन्ट निर्माण हुने

सिद्धार्थ शमशेर राणाले कालीमाटी सोल्टीमोडमा प्रिमियम अपार्टमेन्ट निर्माण गर्ने भएका छन्। तारा म्यानेजमेन्ट प्रालिमार्फत प्रिमियम मोडलमा सबै सुविधासहित निर्माण हुने अपार्टमेन्ट १५ रोपनी जग्गामा रहने छ।

images
images

काठमाडौं- सिद्धार्थ शमशेर राणाले कालीमाटी सोल्टीमोडमा प्रिमियम अपार्टमेन्ट निर्माण गर्ने भएका छन्। तारा म्यानेजमेन्ट प्रालिमार्फत प्रिमियम मोडलमा सबै सुविधासहित निर्माण हुने अपार्टमेन्ट १५ रोपनी जग्गामा रहने छ। 

images
images
images

पाँचतारे होटल सोल्टीनजिकै अपार्टमेन्ट निर्माणको तयारी थालिएको छ। कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अन्तिम चरणमा पुगेको छ।

images

कम्पनीको नाममा उक्त स्थानमा पहिले नै जग्गा रहेको छ। कम्पनीकी निर्देशक निलिमा राणाले सबै जिम्मा लिएर काम अगाडि बढाएकी छिन्। तारा म्यानेजमेन्ट स्रोतका अनुसार २१ तलामा निर्माण हुने अपार्टमेन्टमा पाँचवटा ब्लक हुनेछ।

images

अपार्टमेन्टमा सबै सुविधा हुने भएकोले पनि अलि महँगो भने हुने देखिएको छ। अपार्टमेन्ट ठूला व्यवसायीलाई केन्द्रित गरेर निर्माण गर्न लागिएको हो।

पार्किङको पर्याप्त सुविधा, पानी, बिजुलीसहित सौर्य प्यानलसमेत राखिने छ। जसबाट वैकल्पिक ऊर्जासमेत प्राप्त हुनेछ। प्रारम्भिक डिजाइनको काम सम्पन गरिएको परियोजनमा १० देखि १२ अर्ब रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ।

हरेकमा सातवटा कोठा रहनेगरी तयारी गरिएको छ। जहाँ एउटा पूरै परिवारलाई सहज हुनेगरी तयारी गरिएको छ। प्रत्येक ब्लकमा स्वीमिङपुल समेत राखिने छ। साथै बगैँचा र बच्चाहरुलाई खेल्नका लागि 'चिल्ड्रेन गार्डेन' पनि अपार्टमेन्टमा तयार हुनेछ।  प्रत्येक ब्लकमा जिमखानाको साथै रुफटप रेष्टुरेन्टसमेत हुनेछ। मर्निङवाकका लागि वाकिङ पार्कसमेत रहनेछ।

सिप्रदी ट्रेडिङका अध्यक्षसम‍ेत रहेका राणाले अर्थतन्त्रमा समस्या देखिएपछि होटलमा गर्न लागेको लगानी विस्तारलाई एकवर्ष पर धकेलेका थिए। उनले अब होटल निर्माणलाई पनि प्राथमिकता दिने भएका छन्। अपार्टमेन्ट निर्माणमा जान केही समय लाग्ने भएकोले पहिले होटल निर्माण सुरु गर्न खोजिएको हो। होटलको डिजाइनदेखि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ।

राणाको सुप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले काठमाडौंमा बनाउने पाँचतारे डिलक्स भारतको चर्चित चेन होटल ‘ओबराय’ले गर्नेगरी सम्झौता भइसकेको छ। सन् २०२३ भित्र भवनको बाहिरी संरचना निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि २०२५ बाट सुरु गर्ने र २०२९ भित्र होटल सञ्चालनमा ल्याउने गरी समय संशोधन गरिएको छ।

राणाले काठमाडौंमा निर्माण गर्ने पाँचतारे होटल ‘द ओबराय काठमाडौं’ मा १६० बेड निर्माण हुने छ। ८ ठूला भवन हुने होटललाई नेपालकै नमूना होटलका रुपमा बनाउने गरी तयारी गरिएको छ।

खासगरी विश्वका धनीहरू र अर्बपतिहरूलाई आकर्षित गर्नेगरी होटलको संरचना र ब्रान्डिङ गरिने छ। जसको लागि काठमाडौंको होटलमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिने छ।

रविभवनमा निर्माण हुने उक्त होटलको भवनमा मात्रै ५ अर्ब ४१ करोड रुपैयाँ खर्च हुने छ। राणाले खरिद गरेको जग्गाको मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी मूल्यको रहेको छ। यसका कारण होटलको कुल लगानी जग्गासहित १३ अर्ब ५० अर्ब हाराहारी हुने अनुमान गरिएको छ।

४६ रोपनी १० आना २ पैसा जग्गा क्षेत्रफलमा रहने होटलमा ८ वटा ठूला भवन बन्ने छन्। सबै ब्लक एकआपसमा जोडिने छन्। जग्गाको ४० प्रतिशत भाग भने खुला रहने छ। जसमा बगैँचासहितका संरचना तयार हुने छन्। होटलमा १०८ वटा कार र ६८ वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङ तयार हुने छ। ठूला सेनिनारदेखि साना सेमिनारका लागि हलहरू निर्माण हुने छन्।

सिप्रदीसँगै हस्पिटालिटी, उत्पादनमूलक उद्योग, जलविद्युतलगायतमा राणाको लगानी रहेको छ। सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाललगायतका कम्पनीमा उनको लगानी रहेको छ। 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend