बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

भियतनामी ईभी उत्पादक भिनफास्टले साझेदारीका लागि अडानी समूहसँग थाल्यो छलफल

नेपाल आउने तयारीमा छन् भिनफास्टका विद्युतीय कार

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ८ २०८१
images
images
भियतनामी ईभी उत्पादक भिनफास्टले साझेदारीका लागि अडानी समूहसँग थाल्यो छलफल

भिनफास्टले व्यवसायिक घराना अडानी समूहको मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर (एमईआईएल)सँग सम्भावित साझोदारीबारे कुरा भइरहेको जनाइएको छ।

images
images

काठमाडौं- भियतनामी विद्युतीय कार उत्पादक कम्पनी भिनफास्ट विश्व बजारमा उपस्थिति बढाउने क्रममा छ। स्थापनाको छोटो समयमा अमेरिकादेखि युरोप हुँदै एसियाली बजारसम्म भिनफास्टले उत्पादन प्लान्ट स्थापना गरेर बिक्री सुरु गरिरहेको छ। 

images
images

त्यसैक्रममा यसअघि नै भारतीय बजारमा विद्युतीय कार उत्पादन योजना कार्यान्वयनमा ल्याइसकेको छ। भारतको तामिलनाडूमा भिनफास्टको प्लान्ट बनिरहेको र २०२५ को पहिलो त्रैमासमै त्यहाँबाट विद्युतीय कार उत्पादनको तयारी भिनफास्टले गरेको छ। 

images
images

भारत प्रवेश गरेर कार उत्पादन गर्नुपूर्वन भिनफास्टले दीर्घकालीन सोचका साथ स्थानीय साझेदारको खोजी गरेको समाचारहरू आएका छन्। भारतको स्थानीय साझेदारका रुपमा भिनफास्टले भारतीय अर्बपति गौतम अडानीको समूहसँग छलफल गरिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ।

images
images

भिनफास्टले व्यवसायिक घराना अडानी समूहको मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर (एमईआईएल)सँग सम्भावित साझोदारीबारे कुरा भइरहेको जनाइएको छ। 

भिनफास्टले भारत सरकारले ल्याएको नयाँ विद्युतीय सवारी नीति अघि नै विद्युतीय सवारी उत्पादन गर्ने बताइसकेको थियो। भिनफास्टले तामिलनाडूमा विद्युतीय कार उत्पादन प्लान्ट बनाउने काम धमाधम गरिरहेको छ। 

भिनफास्टले भारतीय नियमकीय व्यवस्था सहज गर्न, मजदुर सम्बन्ध व्यवस्थापन गर्न र कच्चा पदार्थको सप्लाइचेनको दिगो व्यवस्थापनका लागि बलियो स्थानीय साझेदार भिनफास्टले खोजिरहेको छ। 

भारतीय साझेदार भित्र्याउने बारे छलफल सुरु भए पनि टुंगोमा पुग्न बाँकी नै रहेको भिनफास्ट इन्डियाका प्रवक्ताले बताएका छन्।

विश्वव्यापी कम्पनी भएकाले सम्भावित अवसरहरू खोज्ने र उपयुक्त भए साझेदारी गरिने कुरा प्रक्रियागत भएको तर यसका आधारमा बजारलाई प्रभावित गर्न भने नखोजिएको ती प्रवक्ताले बताएका इकोनोमिक टाइम्सले लेखेको छ। भिनफास्टले भारतीय बजारलाई उच्च प्राथमिता दिएको छ। 

अडानी समूहको एमईआईएलले अहिले आफ्नै ओलेक्ट्रा ब्रान्डको विद्युतीय बस बनाइरहेको छ। एमईआईएलले भिनफास्टले साझेदारीका लागि प्रस्ताव गरेको कम्पनी स्रोतले बताएको छ। भिनफास्टको प्रस्तावबारे अध्ययन भइरहेको र यसबारेमा कुनै निर्णय भने भइनसकेको कम्पनीले जनाएको छ।

भारतको नयाँ विद्युतीय कर नीतिअनुसार कुनै पनि कम्पनीले ५० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेर स्थानीय रुपमा उत्पादन गरेमा आयात करमा लाभ मिल्ने छ। तर भिनफास्टले भने यो नीतिअनुसार सहुलियन पाउने छैन। 

भिनफास्टले २०२५ को जनवरीमा हुने भारत मोबिलिटी एक्सपोमा आफ्ना विद्युतीय कार शोकेस गर्ने तयारी पनि गरेको छ। 

भिनफास्टको विद्युतीय कार नेपाली बजारमा आउने निश्चित भइसकेको छ। भिनफास्ट ब्रान्ड विशाल समूहले भित्र्याउनेगरी यसअघि नै सम्झौता भइसकेको छ। अबको केही महिनाभित्र भारतीय बजारमा भिनफास्टका विद्युतीय कार उत्पादन हुने र त्यहाँ उत्पादन सुरु भएलगत्तै नेपाली बजारमा पनि उपलब्ध हुनेछ। 

विशाल समूहअन्तर्गतको कम्पनीले भियतनामबाटै भिनफास्टको विद्युतीय कार नेपाल ल्याउने तयारी पनि गरेको थियो। तर हालसम्म नेपाली बजारमा भिनफास्टको कार भने भित्रिसकेको छैन।   


प्रकाशित : शनिबार, मंसिर ८ २०८१०८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend