बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

वैदेशिक रोजगारमा माल्टा र हंगेरी पठाइदिने प्रलोभनमा पारेर १९ लाख ठगी

images
बिहीबार , मंसिर ६ २०८१
images
images
वैदेशिक रोजगारमा माल्टा र हंगेरी पठाइदिने प्रलोभनमा पारेर १९ लाख ठगी

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका-२ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन्। 

images
images

पक्राउमध्ये रचनाले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा मंगलबार प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

images
images
images

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend