काठमाडौं- दोस्रो बजारमा हटकेक बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ।
बिहीबार सार्वजनिक कम्पनीको सो अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष नाफा २५ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।
यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि २६ दशमलव ३० प्रतिशत वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म निफ्राको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ गरेको छ।