आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण थालियो, आगामी ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

images
बुधबार, मंसिर ५ २०८१
images
images
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण थालियो, आगामी ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

निर्माण थालिएको महालक्ष्मी विकास बैंकको कार्यालय भवन आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको थालनी गरेको छ।

images
images

बैंकले आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा सम्पन्न गरेको जनाएको छ। सो भवन आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ।

images
images

नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने पनि बैंकले जनाएको छ। बैंकका अनुसार उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाइ सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ।

images
images

बैंकका अनुसार बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन सम्पन्न भएको हो। सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ।


प्रकाशित : बुधबार, मंसिर ५ २०८११६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend