बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

चिसो बढेसँगै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

images
बुधबार, मंसिर ५ २०८१
images
images
चिसो बढेसँगै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

हिउँदयामको सुरुवाती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन्।

images
images

अछाम- उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन्।

images
images

हिउँदयामको सुरुवाती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन्। हिमाली भेगमा अत्यधिक चिसो बढेकाले बालबालिका तथा भेडासहित बेँसी झर्नेक्रम सुरु भएको बाजुराको बूढीनन्दा नगरपालिका-७ पाण्डुसैनका सुरत थापाले बताए।

images
images

हरेक वर्ष चिसो मौसम सुरु भएसँगै हिमाली क्षेत्रका स्थानीय हिउँदेखेती लगाएर मङ्सिरको अन्तिमतिर बेँसी झर्ने गरिए पनि यसवर्ष चाँडै चिसो बढेकाले कात्तिक दोस्रो साताबाटै बेँसी झर्न सुरु भएको उनको भनाइ छ।

images
images
images

'विगतका वर्षमा मङ्सिरको अन्तिमतिर बेँसी झर्थ्यौँ तर यसपटक चाँडै चिसो बढ्यो। त्यसैले कात्तिक दोस्रो सातादेखि नै चिसो छल्न हिँड्यौँ। मसहित तीनजना किसान तीनसय भेडा लिएर अछाम आइसकेका छौँ। अरु पनि आउने क्रम जारी नै छ', थापाले भने।

चिसो मौसममा अछामको साँफेबगर, मेल्लेख, दर्नालगायत विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरी बैशाखदेखि पुनःआफ्नै गाउँको लेकतिर बसाइँ सर्ने प्रचलन रहेको छ। बसाइँ सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन्। रासस


प्रकाशित : बुधबार, मंसिर ५ २०८११५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend