आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री लेखक

images
बुधबार, मंसिर ५ २०८१
images
विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री लेखक

'चुनाव लड्दा हामी आ-आफ्नो पार्टीको झण्डा लिएर जान्छौँ', गृहमन्त्रीले भने, 'चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ।'

images
images

महेन्द्रनगर- गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन्।

images
images
images

'चुनाव लड्दा हामी आ-आफ्नो पार्टीको झण्डा लिएर जान्छौँ', गृहमन्त्री लेखकले भने, 'चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ।'

images
images

त्यसैगरी उनले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताए। 'लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो', उनले भने, 'त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लैजानुपर्छ, यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ। त्यसका लागि पनि स्थानीय सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण छ।'

images
images

उनले स्थानीय सरकारले सहज ढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए। 'हाँसेर बोलिदिनुस्। आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ', गृहमन्त्री लेखकले भने, 'सेवा प्रदान गर्दा जनतालाइै सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्।'

उनले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए। 'एमाले र कांग्रेस मिलेर सरकार बनेको छ', उनले भने, 'यो सरकार देशमा स्थीरताका र शुसाशन कायम राख्नका लागि बनेको हो।'

उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए। 'एकै महिनामा परिणाम आउँदैन। सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ', उनले भने, 'हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौँ।'


प्रकाशित : बुधबार, मंसिर ५ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend