काठमाडौं- बिहीबार एकै दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि १ हजार रुपैयाँ बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।