आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चितवनका दुई पालिकामा 'दूध जोन’

images
बुधबार, मंसिर ५ २०८१
images
चितवनका दुई पालिकामा 'दूध जोन’

दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागु गरिएको हो। कार्यक्रम लागु भएका वडाबाट हाल ४६ हजार एकसय तीन लिटर दूध उत्पादन हुँदै आएको छ।

images
images

चितवन- पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो।

images
images
images

पशु सेवा कार्यालयका सूचना अधिकारी सविना मिश्रका अनुसार खैरहनीका १० वडा र राप्तीका आठ वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागु गरिएको हो। दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागु गरिएको हो। जोन कार्यक्रम लागु हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ।

images
images

कार्यक्रम लागु भएका वडाबाट हाल ४६ हजार एकसय तीन लिटर दूध उत्पादन हुँदै आएको छ। जोन कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम ७५ हजार रूपैयाँ अनुदान पाउनेछन्। जोन कार्यक्रममा ३० जना किसान सहभागी रहेका छन्। गत वर्षसमेत यो कार्यक्रम खैरहनी र राप्ती नगरपालिकामा लागु भएको थियो।

images
images

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार त्यसअघि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागु गरिएको थियो। यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारीमार्फत प्रमाणित गर्नेलगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि ७५ हजार रूपैयाँ अनुदान दिइने गरेको उनले बताए। 

उनले भने, 'दूध जोन कार्यक्रमले पशुपालन गर्ने कृषकलाई उत्साह थपेको छ।' किसानलाई आर्थिकसँगै प्राविधिक सहयोग हुने भएकाले यो कार्यक्रम किसानका लागि उपयोगी भएको हो। रासस


प्रकाशित : बुधबार, मंसिर ५ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend