शनिबार, मंसिर २९ गते २०८१    
images
images

बैंकिङ प्रणालीमा ७ खर्ब ८० अर्ब अधिक तरलता भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक, अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल

images
बुधबार, मंसिर ५ २०८१
images
images
बैंकिङ प्रणालीमा ७ खर्ब ८० अर्ब अधिक तरलता भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक, अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नभएपछि साधारण बचतकर्तालाई ३ प्रतिशतभन्दा कम ब्याजदर नदिन भन्दै राष्ट्र बैंकले प्रणालीबाट निक्षेप खिचिरहेको छ।

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा करिब ७ खर्ब ८० अर्ब रूपैयाँ अधिक लगानीयोग्य रकम भएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर २.९९ प्रतिशतमा झरेको छ।

images
images
images

अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आएपछि राष्ट्र बैंकले आजै प्रणालीबाट ४० अर्ब तरलता प्रशोचनका लागि बोलपत्र आह्वान गरेको छ। 

images

राष्ट्र बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमा ३ प्रतिशत तोकेर राष्ट्र बैंकले सोही ब्याजदरमा बैंक वित्तीय संस्थाहरुसँग तरलता खिचिरहेको छ।

images

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नभएपछि साधारण बचतकर्तालाई ३ प्रतिशतभन्दा कम ब्याजदर नदिन भन्दै राष्ट्र बैंकले प्रणालीबाट निक्षेप खिचिरहेको छ।

राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गरिरहेको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट ६६ खर्ब ४० अर्ब रूपैयाँ निक्षेप र ५२ खर्ब ८७ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्। 

यस अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.२८ प्रतिशत रहेको छ। 


प्रकाशित : बुधबार, मंसिर ५ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend