शनिबार, साउन १२ गते २०८१    
images
images
images

आन्तरिक हवाई दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारले १ लाख डलर क्षतिपूर्ति पाउने

images
बिहीबार , माघ ६ २०७८
images
images
आन्तरिक हवाई दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारले १ लाख डलर क्षतिपूर्ति पाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारले १ लाख डलर क्षतिपूर्ति पाउने गरी हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ।

images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारले १ लाख डलर क्षतिपूर्ति पाउने गरी हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ।

images
images

मन्त्रालयले आन्तरिक हवाई यात्रुलाई चोटपटक लागेमा, अङ्गभङ्ग वा मृत्यु भएमा पाउन क्षतिपूर्ति विषय मस्यौदामा उल्लेख गरेको छ।

images

यात्राको क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने  क्रमका  प्रक्रियाहरुमा  वा यात्रा अवधिभर वायुयान भित्र रहँदा वा वायुयानबाट उत्रने क्रमका प्रक्रियाहरुमा  कुनै दुर्घटना भई चोटपटक लागेमा वा  शारिरिक क्षति वा अङ्गभङ्ग  भएमा  वा मृत्यु हुन गएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाले क्षतिपूर्ति वापत एक लाख अमेरिकी डलर ब्यहोर्नुपर्ने गरी विधेयकको मस्यौदा तयार पारेको हो। 

मन्त्रालयको हवाई उद्योग महाशाखाले तयार पारेको विधेयक सहसचिव बुद्धिसागर लामिछानेले सचिव महेश्वर न्यौपाने समक्ष बुझाएका छन्। मस्यौदामा वायुसेवा सञ्चालन संस्थाको यात्रु, ब्यागेज, तथा कार्गोसम्बन्धि दायित्व व्यवस्था गरिएको छ।

images

हवाई यात्राको दौरान हुन सक्ने विलम्व, यात्रास्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अङ्गभङ्ग वा मृत्यु तथा बायुयानबाट ओसारपसार गरिने मालसामानको ओसारपसारको क्रममा हुन सक्ने बिलम्व, मालसामान नष्ट हुने, हराउने वा बिग्रने अवस्था तथा तेश्रो पक्षमा क्षति पुग्न गएको अवस्थामा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा मोन्ट्रियल महासन्धि १९९९, नेपालको संसदबाट अनुमोदन भइ कार्यान्वयनमा आइसकेको छ।

विश्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडानमा संलग्न वायुसेवा संस्थाको दायित्व बीचको भिन्नता पनि साँघुरिंदै गइरहेको अवस्थामा सो महासन्धिसँग सामञ्जस्य हुनेगरि आन्तरिक हवाई उडानहरूमा पनि क्रमबद्ध रुपमा लागू गर्न वाञ्छनिय भएकोले आन्तरिक वायुसेवाको दायित्व तथा बिमाको सम्बन्धमा उचित व्यवस्था गरी हवाई यात्रुको अधिकार सुनिश्चित हुने वातावरण तयार गर्दै हवाइ सेवालाई भरपर्दो, विश्वसनीय, स्तरीय तथा जिम्मेवार बनाउन कानूनी व्यवस्था गर्न लागिएको विधेयको मस्यौदमा उल्लेख छ।

मस्यौदामा वायु सेवा सञ्चालन संस्थाले वायुयान द्वारा यात्रा गर्ने प्रत्येक व्यक्तिको लागि टिकट जारी गर्नुपर्नेछ उल्लेख छ। यसैगरी विधेयकको मस्यौदामा हवाइ भाडा उल्लेख गर्दा वायुसेवाले लिने रकम, विमानस्थल सेवा शुल्क तथा अन्य सरकारि निकायलाइ बुझाउनु पर्ने रकम स्पष्ट उल्लेख गर्नु पर्ने उल्लेख छ।

यसैगरी निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनु पर्ने र उडान रद्द भएको अवस्थामा निर्धारित समय भन्दा कम्तीमा तिन घण्टा अगाडी सो उडानबाट यात्रा गर्न टिकट लिएका यात्रुलाई जानकारी गराउनु पर्ने विषय पनि समावेश गरिएको छ।

मस्यौदामा निर्धारित मिति र समयको उडानबाट यात्रा गराउन नसकेमा अर्को वायुसेवाको उडान उपलब्ध भएमा सो उडानबाट यात्रा गराउने वा यात्रुबाट कुनै थप रकम नलिई यात्रुलाई निजको गन्तव्य स्थानसम्म तत्काल यात्रा गराउन सकिने अन्य कुनै विकल्प भएमा सो अनुरुप यात्रा गराउने विषय पनि समावेश गरिएको छ।

यसैगरी विधेयकको मस्यौदामा यात्राको क्रममा यात्रुले आफैले साथमा लिएर जान पाउने गरि तोकिएका झोलाहरु बाहेक अन्य ब्यागेज यात्रुले विमानस्थलमा यात्राको लागि सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको काउण्टरमा सम्पर्क गर्दाको अवस्थामा जाँचगरी वायुसेवा सञ्चालन संस्थाले आफ्नो जिम्मामा लिई सोको प्रमाणको लागि ब्यागेज ट्याग यात्रुलाई दिनु पर्ने विषय उल्लेख छ।

साथै मस्यौदामा गन्तव्य विमानस्थलमा पुगे पछि यात्रुलाई निजको ब्यागेज हस्तान्तरण विषय समावेश गरिएको छ। मस्यौदामा  यात्रु तथा सामान वायुयान भित्र रहेको अवस्थामा वा वायुयान भित्र प्रवेश गर्न वा स्थानान्तरण गर्दा वा वायुयानबाट वाहिर निस्कने वा स्थानान्तरण गर्दा वाहकको लापरवाहीको कारणले भएको प्रत्यक्ष हानी नोक्सानीको लागि मात्र वाहक जिम्मेवार हुने विषय समावेश गरिएको छ।

वायुसेवा सञ्चालन संस्थाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानी नोक्सानी भएमा सो वापतको रकम त्यस्तो वायुसेवा सञ्चालन संस्थाले सम्बन्धित यात्रुलाई दिनुपर्ने विषय उल्लेख छ। तर क्षतिपुर्ति मागगर्ने व्यक्तिको कारणबाट सामानमा नोक्सानी भएको प्रमाणित भएमा वाहक माथि कुनै किसिमको दाबी नलाग्ने मस्यौदामा उल्लेख छ।

जाँच गरिएका सामानमा कुनै हानी, नोक्सनी  भएमा प्रति किलोग्राम अधिकतम बीस अमेरीकी डलरको दरले कुल अमेरीकी डलर पाँच हजारको सीमा ननाघ्ने गरि सो बराबरको नेपाली रुपैयामा मात्र बाहकको दायित्व हुने मस्यौदामा उल्लेख छ।

 विधेयकको मस्यौदामा उल्लेख गरिएको केही विषय

 - यात्रुले वायुयान भित्र आफूसँगै लगेको वा राखेको तर जाँच नगरिएको सामानमा कुनै हानी, नोक्सानी  भएमा अधिकतम अमेरिकी डलर चारसय बराबर हुने नेपाली रुपैयाको हदसम्म मात्र  बाहकको दायित्व हुने।

 - वायुसेवा सञ्चालन संस्थाले प्रेषकबाट कार्गो बुझिलिंदा कार्गोको सामान्य प्रकृति, प्रमुख चिन्ह, पोका वा थानको संख्या, तौल वा परिमाण बुझी लिएको कार्गोसँग मेल खाने यस्तै व्यहोराको सम्बन्धमा कैफियत जनाई कार्गो लिने।

 - वायुसेवा सञ्चालन संस्थाले प्रेषकबाट ढुवानी करार बमोजिम कार्गो वुझिलिएपछि प्रापकलाई हस्तान्तरण नगरेसम्म त्यस्तो कार्गो उपरको सम्पूर्ण दायित्व वायुसेवा सञ्चालन संस्थाको हुने।

- कार्गो ढुवानीको सिलसिलामा वायुसेवा सञ्चालन संस्था वा निजको कर्मचारी वा निजको प्रतिनिधिबाट हुन गएको कुनै पनि कार्य प्रति वायुसेवा सञ्चालन संस्था स्वयं जवाफदेही हुने।

 -वायुयानको दुर्घटना वा अन्य कुनै कारणबाट तेश्रो पक्षलाई हुन सक्ने हानी नोक्सानीको सम्बन्धमा वायुसेवा सञ्चालन संस्थाको दायित्वको न्यूनतम सीमा देहाय बमोजिम हुने मस्यौदामा उल्लेख छ

. १०००० केजी वा सो भन्दा कम तौल भएको वायुयानको हकमा २५ मिलियन अमेरिकी डलर बराबरको रकम।

. १०००१ केजी देखि ३५००० केजी सम्म तौल भएको वायुयानको हकमा ३५ मिलियन अमेरिकी डलरबराबरको रकम।

. ३५००१ केजी देखि माथि जतिसुकै तौल भएकोवायुयानको हकमा ६० मिलियन अमेरिकी डलर बराबरको रकम।


प्रकाशित : बिहीबार , माघ ६ २०७८०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend