बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशत ब्याजदरमै हरित घर कर्जा प्रदान गर्ने

मंगलबार, मंसिर ४ २०८१
महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशत ब्याजदरमै हरित घर कर्जा प्रदान गर्ने

बैंकले हाल देशभर रहेका एकसय ३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ।

दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीतिबमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो। जल ऊर्जा , फोहोर पानी निर्मलीकरण, वायु ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जालगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ।

न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ।  यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर/गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण तथा मर्मतसम्भार गर्न प्रदान गर्ने बैंकले जनाएको छ।

यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले हाल देशभर रहेका एकसय ३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend