शनिबार, मंसिर ८ गते २०८१    
images
images

अर्थमन्त्री भन्छन्- फेरि लकडाउन गरे देश चल्दैन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
images
images
अर्थमन्त्री भन्छन्- फेरि लकडाउन गरे देश चल्दैन
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण पुनः लकडाउन गर्नुपरे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन्।

images
images
images

बुधबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नुपरे देश आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन्।

images

उनले मन्त्रीपरिषदमा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए। मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागु गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए। उनले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए।

images

त्यस्तै अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताए। उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए। अहिले आफूले नीतिगत परिर्वतन गर्न रोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताए। उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए। अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएको प्रति मन्त्री शर्माले आपति जनाए। उनले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताए।

अर्थमन्त्री शर्माले सरकारले नीजि क्षेत्रको हितभन्दा बाहिर गएर कुनै पनि काम नगरेको पनि बताए। उनले जहिल्यै सरकार नीजि क्षेत्रको हितको लागि काम गरिरहेको बताए। मन्त्री शर्माले सरकारले नीजि क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाँहिने नीति ल्याए पनि कालो धनलाई प्रोसाहन भएको भन्दै विरोध भएको बताए। उनले सरकारले कालो धनलाई प्राथमिता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाँहिने नीति नबनाएको बताए। उनले सरकार र नीजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताए।

मन्त्री शर्माले भने,‘आजको अर्थतन्त्र आज देखिने होइन ।आज सरकारले गरेका काम भोली देखिने हो। हामीले हिजो भएका काम आज देखिदै छ । हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगि रहेका छौं। सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिदैन। साना साना काम गर्न सकिएला तर हिजो देखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा पतिवद्ध रहेको छ। अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ।’

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए। उनले सरकारले नीजि क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए। अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको बताए।


प्रकाशित : बुधबार, माघ ५ २०७८१५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend