बिहीबार , मंसिर ६ गते २०८१    
images
images

एक महिनामा हालसम्मकै धेरै रेमिट्यान्स, असोजमा आयो १ खर्ब ४४ अर्ब

images
मंगलबार, मंसिर ४ २०८१
images
images
एक महिनामा हालसम्मकै धेरै रेमिट्यान्स, असोजमा आयो १ खर्ब ४४ अर्ब

उच्च रेमिट्यान्सको लय कायमै भएको र व्यापारमा अपेक्षित सुधार नहुँदा मुलुकमा बैदेशिक मुद्राको सञ्चिति बढ्दै गएको छ। बढ्दो सञ्चिति परिचालनको रणनीति नहुँदा सरकार रणभूल्लमा परेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको असोजमा एक महिनामा भित्रिने रेमिट्यान्समा कीर्तिमान कायम भएको छ। राष्ट्र बैंकका अनुसार असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। यो कुनै पनि एक महिनामा भित्रिनेमा उच्च हो।

images
images
images

यसअघि गत वर्षको असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ भित्रिएको थियो। पछिल्ला महिनामा खर्बमाथिको रेमिट्यान्स भित्रिँदै आएको छ।

images

अमेरिकी डलरमा पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको छ। राष्ट्र बैंकका अनुसार गएको असोजमा १ अर्ब ८ करोड डलर भित्रिएको छ। गत वर्षको असोजमा मात्र १ अर्ब ३ करोड डलर भित्रिएको थियो। असोजमा ‍ मुख्य चाडपर्व परेको र डलरको मूल्य उच्च हुँदा पनि रेमिट्यान्स धेरै भित्रिएको हो।

images

चालु वर्षको तीन महिनामा कूल ४ खर्ब ७ अर्ब ३१ करोड (३ अर्ब ४ करोड डलर) रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको तीन महिनाको तुलनामा ११.५ प्रतिशतले उच्च हो।

उच्च रेमिट्यान्सको लय कायमै भएको र व्यापारमा अपेक्षित सुधार नहुँदा मुलुकमा वैदेशिक मुद्राको सञ्चिति बढ्दै गएको छ। बढ्दो सञ्चिति परिचालनको रणनीति नहुँदा सरकार रणभूल्लमा परेको छ। 


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend