काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
पेट्रोल, डिजेल र मट्टीतेलका प्रतिलिटर ३ रूपैयाँ , आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रूपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलाेलिटर १०० सय डलर वृद्धि भएको हो।
अब पेट्राेल प्रतिलिटर १३९ र डिजेल १२२ रूपैयाँ कायम भएको छ।
यस्तै आन्तरिक हवाई इन्धन प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलाेलिटर ९९५ डलर कायम भएको छ।