शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एनबी बैंक नबिलसँग गाभिएपछि सनराइजले माछापुछ्र्रेलाई पठायो  मर्जको प्रस्ताव

images
बिहीबार , माघ ६ २०७८
images
एनबी बैंक नबिलसँग गाभिएपछि सनराइजले माछापुछ्र्रेलाई पठायो  मर्जको प्रस्ताव

बैंकहरुले सम्पम्ती मूल्यांकन गरेर सकेसम्म १ः१ स्वाप रेसियोमै मर्जमा जाने गरी छलफल गरेका छन्। 

images
images

काठमाडौं- नेपाल बंगलादेश बैंक (एनबी) सँग मर्ज असफल भएपछि सनराइज बैंकले माछापुछ्रे बैंकसँग मर्जको प्रस्ताव गरेको छ। नबिल बैंकले गत साता मात्रै एनबी बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको थियो।  

images
images
images

बंगलादेश बैंकमा रहेको आईसीएफसीको ४१ प्रतिशत सेयर दुगड समूहले लिने प्रयास गरेको थियो। उक्त दाैड चाैधरी सूमहले जितेपछि एनबी निबलमा गाभिने सम्कोझाैला भएको हो। चौधरी समूहले पछि पारेसँगै दुगड समूहले मुद्दा समेत दायर गरेको थियो। एनबीको सेयर नपाएपछि सनराइज अन्य बैंकमा केन्द्रित भएको हो।    

images
images

नेपाल राष्ट्र बैंकको नीतिअनुसार सबै बैंकहरु मर्जमा केन्द्रित भइरहेकाबेला माछापुछ्रे र सनराइज बैंक पनि मर्जको लागि अनौपचारिक छलफलमा जुटेका छन्। 

images
images

दुबै बैंकलाई मर्जर भाँडिएका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समेत प्रस्ताव गरेपनि सनराइज र माछापुछ्रे बैंकले एक आपसमा मर्जको तयारी गरेका हुन्। दुबै बैंकले मान्य हुने प्रस्ताव लेराउने भन्दै अनौपचारिक छलफल अगाडि बढाएका हुन्। 

माछापुछ्रेको १० अर्ब २५ करोड चुक्ता पुँजी रहेको छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जमा गएभने २१ अर्ब चुक्ता पुँजीको बैंक बन्ने छ। दुबै बैंकको खासगरी स्वाप रेसियोमा समेत विवाद नहुने गरी मर्जका लागि प्रस्ताव गएका छन्। बैंकहरुले सम्पम्ती मूल्यांकन गरेर सकेसम्म १ः१ स्वाप रेसियोमै मर्जमा जाने गरी छलफल गरेका छन्। 

सनराइजको दोस्रो बजारमा प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएको थियो। गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिएको छ। बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ४१८.२० रुपैयाँमा कारोबार भएको थियो। न्युनतम २५० रुपैयाँमा कारोबार भएको थियो। बुधवार ५८ हजार ४ सय १३ कित्ता कारोबार भएको थियो। 

यता माछापुछ्रे बैंकको प्रतिकित्ता ३३९ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्ता अधिकतम ४५५ रुपैयाँमा कारोबार भएको थियो भने न्युनतम २७० रुपैयाँमा कारोबार भएको थियो। बैंकको १४ प्रतिशत लाभांश सेयरधनीलाई दिएको छ। बैंकको बुधवार ७५ हजार ९५८ कित्ता सेयर कारोबार भएको छ।  


प्रकाशित : बिहीबार , माघ ६ २०७८०१:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend