मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

प्राकृतिक विपद् : ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ४ २०८१
images
images
प्राकृतिक विपद् : ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

कुल एक हजार छ सय ५३ वटा सम्पत्ति बीमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ।

images
images

काठमाडौं- गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ।

images
images
images

नेपाल बीमा प्राधिकरणका अनुसार कुल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्।

images
images

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जीआइसीमा दुई सय १७, आइजीआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन्।

images
images
images

त्यस्तै नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार÷चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन्। कुल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

कुल एक हजार छ सय ५३ वटा सम्पत्ति बीमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ। कुल सम्पत्ति बीमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा ४६ करोड ७० लाख ९७ हजार सात सय ८० रुपैयाँ मात्रै भुक्तानी भएको छ।

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन्। विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन्। दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ रुपैयाँ मात्रै भुक्तानी भएको छ।

मोटर बीमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ रुपैयाँ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ। मोटर बीमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको ४३ करोड दुई हजार एक सय ७७ रुपैयाँ बराबरको भुक्तानी भएको छ।

पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए। त्यस्तै सामुद्रिक बीमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ। कृषिबाली बीमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ। विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बीमा दाबी भएको छ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ। वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend