शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ४ २०८१
images
images
चिया निर्यात ६९ प्रतिशतले बढ्यो

कार्यालयको तथ्यांकअनुसार चार महिना (साउन-कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो।

images
images

भद्रपुर- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ। 

images
images

कार्यालयको तथ्यांकअनुसार चार महिना (साउन-कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो। 

images
images

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। 

images
images

गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। 

कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ।

गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए। 

उनका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशले बढेको छ। 

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म चार अर्ब ७२ करोड सात लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ। उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो। रासस


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend