शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग छिर्कन-देउराली खण्ड बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ३ २०८१
images
images
आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग छिर्कन-देउराली खण्ड बन्द हुने

अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने प्रहरीले जनाएको छ।

images
images

तनहुँ- मुग्लिङ-पोखरा सडक योजनाअन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन-देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ।

images
images

पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो। 

images
images

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ। 

images
images

मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ। 

राति १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमि दूरी रहेको छ। हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ। 

उक्त अवधिभर अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। 

'आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,' उनले भने 'यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।'

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, मंसिर ३ २०८११८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend