शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

एचआईडीसीएल र निफ्राको नाफा किन खुम्चियो?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ४ २०८१
images
images
एचआईडीसीएल र निफ्राको नाफा किन खुम्चियो?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दाेस्रो बजारमा दुई ठूला कम्पनीले खासै नाफा बढाउन सकेका छैनन्। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)को नाफा घटेको छ।

images
images

त्यस्तै नेपाल पूर्वाधार कम्पनी निफ्राको नाफा गतवर्षको तुलनामा घटेको हो। दुवै कम्पनीको प्रमुख काम पूर्वाधारमा लगानी गर्नेभन्दा पनि संकलन भएका रकम ब्याजमा लगाउने हुँदै आएको छ। चालु वर्षको सुरुवातदेखि नै ब्याजदर एकल अंकमा आएपछि दुवै कम्पनीको नाफा खुम्चिएको छ। 

images
images

वित्तीय विवरणअनुसार एचआईडीसीएलले तीन महिनामा २७ करोड ३७ लाख नाफा कमाएको छ। गतवर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८९ लाख नाफा कमाएको थियो। कम्पनीको गतवर्षको सोही अवधीको तुलनामा १० करोडभन्दा धेरै नाफा घटेको हो। कम्पनीको वित्तीय आम्दानी ५५ करोड १३ लाखबाट घटेर ४१ करोड ४ लाख रुपैयाँमा झरेको छ। 

images
images

२४ अर्ब ५५ करोड ९८ लाख १३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एचआईडीसीएलको जगेडा कोषमा ४ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै जम्मा रहेको छ। यसको प्रतिसेयर आम्दानी ४.४६ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ ११८.१२ रुपैयाँ छ। दोस्रो बजारमा २७७ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा ३६० रुपैयाँमा सम्म पुगेको थियो भने १५४ रुपैयाँसम्म पुगेको थियो।

निफ्राले चालु आवको ३ महिनामा ३५ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको असोजसम्म बैंकले ४१ करोड ३८ लाख नाफा कमाएको थियो। ब्याज आम्दानी ७० करोड १५ लाखबाट घटेर ५६ करोड २६ लाख रुपैयाँ कायम भएको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको निफ्राको जगेडा कोषमा ३ अर्ब ३२ करोड जम्मा छ। यसको प्रतिसेयर आम्दानी ६.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ छ।

निफ्राको सेयर दोस्रो बजारमा प्रतिकित्ता २७८.६० रुपैयाँमा कारोबार भएको छ। यसको मूल्य पछिल्लो ५२ हप्तामा ३६६.६० रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम १८२.६० रुपैयाँसम्म झरेको कम्पनीको मूल्य पछि बढेको थियो। 


प्रकाशित : मंगलबार, मंसिर ४ २०८१०६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend