काठमाडौं- वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।