आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बेनी नगरपालिकामा तीनसय योजना कार्यान्वयनमा

images
सोमबार, मंसिर ३ २०८१
images
बेनी नगरपालिकामा तीनसय योजना कार्यान्वयनमा

सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीनसय तीनवटा पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्दैछ। गत असारको नगरसभाबाट छनौट भइ बजेट विनियोजन भएका वडास्तरीय दुईसय ७१ मध्ये ४७ वटा सम्झौता र नगरस्तरीय ३२ मध्ये आठवटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ।

images
images
images

सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्। वडास्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। पाँच लाख रूपैयाँसम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ।

images
images

पूर्वाधार आयोजनाहरुका लागि १२ करोड ४३ लाख २५ हजार रूपैयाँ बजेट विनियोजन भएकोमा साउनदेखि कात्तिक महिनासम्म ४५ लाख ९६ हजार रूपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

images
images

बेनी-अर्थुङ्गे तोरीपानी, बेनी-अर्थुङ्गे-पुलाचौर-भुतपानी, बेनी-लभ्लिहिल-ज्यामरुककोट, अर्थुङ्गे-पुलाचौर, महारानीथान-छाप डाडाखेत, बेनी-अुर्थङ्गे-तोरीपानी-पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन्। 

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी-अर्थुङ्गे-पुलाचौर-भुतपानी र बेनी-अर्थुङ्गे-तोरीपानी सडक योजना निर्माण सकिएको इन्जिनियर सुदीप गौतमले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २१ वटा योजना कार्यान्वयनको चरणमा छन्।

न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको छ र नयाँ दर्ता भएका ६ सहित १० वटा फर्छ्यौट भएको र दुई प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताइन्। पाँच करोड रूपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा ८० लाख २७ हजार १८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : सोमबार, मंसिर ३ २०८११६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend