आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्न मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ आयोजना हुँदै

images
सोमबार, मंसिर ३ २०८१
images
images
निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्न मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ आयोजना हुँदै

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुनेछ।

images
images

बाँके- राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ।

images
images

नेपालगञ्जको राँझास्थित श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्न लागेको हो।

images
images

ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

images
images

'बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत स्तनधारी प्राणी र यहाँका मनमोहक चुरेका टाकुरालाई पर्यटनको विकासमा जोड्न सकियो भने यो निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना भएको हुनाले नेपाली सेनाले यसको प्रर्वद्धनका लागि टुर दी बाँके नेसनल पार्कको आयोजना गर्न लागेको हो', उनले भने।

उनले कान्छो निकुञ्जका रुपमा उक्त बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको बताउँदै यसलाई सधैँ कान्छो निकुञ्जका रुपमा नहेर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरे। बाँके राष्ट्रिय निकुञ्जलाई नाघेर हजारौँ पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने र उताबाट फर्किएर पुनः चितवन राष्ट्रिय निकुञ्जको सफारीमा जाने प्रचलन भएको हुँदा अब बाँके राष्ट्रिय निकुञ्जलाई नै पर्यटकहरुको ‘हब’ बनाउनमा नेपाली सेनाले कदम चालेको उनको भनाइ थियो।

'यो निकुञ्जलाई पर्यटन प्रवर्द्धनमा अगाडि बढाउन निकुञ्जसँग जोडिएकै कोहलपुर र नेपालगञ्जमा सुविधासम्पन्न होटल छन्, निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत अवस्थित छ', प्रमुख सेनानी गुरुङले भने, 'प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवर्द्धन गरी संसारभर पुर्‍याउने र आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरेका छौँ।'

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापाले निकुञ्जको पर्यटनलाई प्रवर्द्धन गर्नका लागि निकुञ्जको भित्री ‘कोर एरिया’मा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दी बाँके नेसनल पार्क’ हुने जानकारी दिए।

'ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दुरी पार गरेर रणबम गण हेक्वा ओभरी पुगेर समाप्त हुनेछ', उनले भने, 'हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको प्रवर्द्धनका लागि यहाँबाट साइकल यात्राको आयोजना गर्दै आएको देखियो, तर यस वर्ष बाँके राष्ट्रिय निकुञ्जमै यो कार्यक्रम गर्न लागेका हौँ, बाँके निकुञ्जलाई विश्वमाझ चिनाउन हरेक तह र तप्काबाट सहयोग हुनुपर्दछ।' 

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुनेछ। आयोजकका अनुसार ५० जना जति बाँके साइकल संघमार्फत र बाँकी नेपाली सेना लगायतबाट सहभागिता रहनेछ। बाँके साइकल संघका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताए।

उनले ‘टुर दी बाँके नेसनल पार्क’ मा साइकल संघमार्फत ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताए। साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउनका लागि ‘टुर दी बाँके नेसनल पार्क’ महत्वपूर्ण हुने उनले बताए। ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, ताल तलैया जलाशय, जडीबुटी, वनजङ्गल, बोटबिरुवा लगायतको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको ४ नं वाहिनी अड्डाले जनाएको छ। 

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो। उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो। विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि श्री अर्जुनवाण गण हुँदै हाल श्री रणबम गणले निकुञ्जको सुरक्षा गरिरहेको छ। रासस 


प्रकाशित : सोमबार, मंसिर ३ २०८११४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend