सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसलापछि फरार सत्यमान लामा पक्राउ

images
सोमबार, मंसिर ३ २०८१
images
images
चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसलापछि फरार सत्यमान लामा पक्राउ

पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भइ हाल काठमाडौं महानगरपालिका-४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।

images
images

जिल्ला अदालत काठमाडौंले विसं २०८० चैत २७ गते दुई वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख रूपैयाँ जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

images
images

उनले भने, 'लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ।'

images
images
images

पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर ३ २०८११३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend