शनिबार, मंसिर ८ गते २०८१    
images
images

उपत्यकामै पाइन्छ प्रतिआना ५ देखि १० लाखसम्म जग्गा, तरलता अभावले अझै घट्दै

images
आइतबार, माघ ९ २०७८
images
images
उपत्यकामै पाइन्छ प्रतिआना ५ देखि १० लाखसम्म जग्गा, तरलता अभावले अझै घट्दै

बैंकहरुको घरजग्गामा ऋण दिन कडाइ गरेपछि जग्गा सस्तोमै बिक्री हुन थालेका छन्। बुङमतीमा द्रुतमार्ग आयोजना कारण घरजग्गा व्यवसायीको नजरमा पर्ने गरेको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा घरजग्गा कारोबार बढ्न थालेको दशक भइसकेको छ। उपत्यकामै अहिले पनि ५ देखि १० लाख रुपैयाँ आनामा जग्गा पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। 

images
images
images

तर काठमाडौंको टोखा र ललिपुरको भैँसेपाटी नजिक रहेको बुङमती क्षेत्रमा अहिले पनि ५ देखि १० लाख रुपैयाँ प्रतिआनामै रोजेर जग्गा पाइन्छ।

images

विगतमा उक्त क्षेत्रमा खासै घरजग्गा व्यवसायीको नजरमा पर्ने गरेको थिएन। काठमाडौंको चक्रपथ भित्र ४० लाख घटी जग्गा पाउन मुस्किल छ। चक्रपथ भित्र मात्रै होइन कतिपय स्थानमा ६० लाखसम्म प्रतिआना जग्गाको मूल्य पर्दछ।

images

तर टोखा-छहरे सुरुङ मार्गको चर्चासँगै घरजग्गा व्यावसायीको नजरमा परेपछि अहिले धेरै जग्गाहरु प्लटिङ हुन थालेको हो। अहिले तिनै प्लटहरु ५ देखि १० लाख रुपैयाँ आनामा पाइन्छ। 

बैंकहरुको घरजग्गामा ऋण दिन कडाइ गरेपछि जग्गा सस्तोमै बिक्री हुन थालेका छन्। बुङमतीमा द्रुतमार्ग आयोजना कारण घरजग्गा व्यवसायीको नजरमा पर्ने गरेको छ।

केही वर्षयता आयोजनाले गति लिएपछि उक्त क्षेत्रमा पनि घरजग्गा व्यवसायीको नजर परेको थियो। अहिले ठूला ठूला प्लटहरु ऋणमा फसेपछि सस्तो मूल्यमा दिइरहेका छन्। 

बैंकहरूले लगानी गर्न छाडेपछि सस्तोमै जग्गा बिक्री

बैंकहरूमा तरलता अभावसँगै घरजग्गा कारोबार समेत सुस्तता आएको छ। सोही कारण पनि केही ठाउँको जग्गाको मूल्य घटेको छ। पुसमा घरजग्गा कारोबारमा मन्दी नै आएको छ। अन्तर्राष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेका बेला नेपालमा पनि त्यस्तै देखिएको छ। 

बैंकहरूमा निक्षेप घटेसँगै घरजग्गामा समेत लगानी गर्न छाडेपछि घरजग्गामा मन्दी आएको हो। अत्याधिक कारोबार हुने महिनाको रुपमा पुस परिचित रहेको थियो। तर चालु वर्षको पुस महिनामा घरजग्गाबाट उठ्ने राजस्वमा ४० करोड रुपैयाँले घटेको छ।  

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार  मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ७० करोड  ४२ लाख रुपैयाँ मात्रै संकलन भएको हो। पुस महिनामा पुँजीगत लाभकर १ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ। मंसिरमा १ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो। कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार रहेको छ। 

उपत्यकामै घरजग्गा कारोबारमा सुस्ताएको छ। मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुर लगायतका ठाउँमा पनि पुसमा १५/१६ सय मात्रै किनबेच भएको छ। 

झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजारभन्दा धेरै घरजग्गा किनबेच गराएका छन्। विगतमा यी कार्यालयको कारोबार संख्या २/३ हजारभन्दा धेरै हुने गरेको थियो।


प्रकाशित : आइतबार, माघ ९ २०७८०१:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend