मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व, घरजग्गा कारोबारमा आएन सुधार

images
सोमबार, मंसिर ३ २०८१
images
images
देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व, घरजग्गा कारोबारमा आएन सुधार

घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ।

images
images

काठमाडौं- देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। 

images
images

घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ। 

images
images

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो। 

images
images
images

विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। 

मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार सात सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलंकी मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार छ सय ६५ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। 

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन्। ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ रुपैयाँ बराबरको सेवा कर उठाएको छ। यस्तै रजिष्ट्रेशन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पुँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० रुपैयाँ संकलन गरेको छ। 

विभागका अनुसार गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : सोमबार, मंसिर ३ २०८११०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend