काठमाडौं- असोज मसान्तसम्ममा कर्जाको औषत ब्याजदर घटेर ९.३३ प्रतिशतमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। भदौमा कर्जाको औषत ब्याजदर ९.५२ प्रतिशत रहेकोमा असोजमा थप घटेको हो।
असोजबाट सेयर कर्जाको ब्याजदरसमेत एकल अंकमा आएको छ। असोजबाट सेयर कर्जाको ब्याजदर ९.६९ प्रतिशतमा आएको छ। भदौको तुलनामा असोजमा यस्तो कर्जा करिब ६ अर्बले बढेको छ।
यस्तै टर्म लोनको ब्याजदर ९.६१ प्रतिशतमा आएको छ। ओभरड्राफ्ट कर्जाको ब्याजदर सबैभन्दा धेरै १०.३५ प्रतिशत रहेको छ।
यस्तै क्यास क्रेडिट कर्जाको ब्याजदर ९.४४ प्रतिशत, आयातकर्जाको ९.७२ प्रतिशत, चालु पुँजी कर्जाको ब्याजदर ९.०१ प्रतिशत, आवासीय कर्जाको ब्याजदर ९.७१ प्रतिशत, रियल स्टेट कर्जाको ब्याजदर ९.८४ प्रतिशत रहेको छ।
यस्तै हायरपर्चेज कर्जाको ब्याजदर ९.८१ प्रतिशत, डिप्राइट सेक्टरको ब्याजदर ८.३४ प्रतिशत, विल्स पर्चेज कर्जाको ९.२३ प्रतिशत र अन्य प्रोडक्डको ब्याजदर ९.३३ प्रतिशत कायम भएको छ।
भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूले ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यस अवधिमा सबैभन्दा धेरै चालु पुँजी कर्जा २२ अर्ब रुपैयाँ प्रवाह भएको छ।
यसबाहेक टर्मलोन करिब साढे २ अर्ब रुपैयाँ, क्यास क्रेडिट कर्जा ३ अर्ब रुपैयाँ, रियल स्टेट कर्जा करिब साढे ३ अर्ब रुपैयाँ, डिप्राइट सेक्टर ल्याण्डिङ साढे पाँच अर्ब रुपैयाँ र अन्य प्रोडक्कहरूमा १ अर्ब कर्जा प्रवाह भएको छ।
असोजमा निक्षेपको ब्याजदर ०.२४ प्रतिशत बिन्दुले घटेको छ। भदौमा ५.४८ प्रतिशत रहेको निक्षेपको औषत ब्याजदर असोजमा ५.२४ प्रतिशतमा आएको छ।