बुधबार, माघ १६ गते २०८१    
बुधबार, माघ १६ २०८१
images
images

साइबर प्रविधिमा आधारित ठगी ६३ प्रतिशतले बढ्यो, एउटै फोन नम्बरबाट धेरै बैंक खाता खोलेर वालेटबाटै ठगी

images
आइतबार, मंसिर २ २०८१
images
images
साइबर प्रविधिमा आधारित ठगी ६३ प्रतिशतले बढ्यो, एउटै फोन नम्बरबाट धेरै बैंक खाता खोलेर वालेटबाटै ठगी

सबैभन्दा धेरै साइबर प्रविधिमा आधारित ठगी बागमती प्रदेशमा हुने गरेको छ। यस्तै बागमतीपछि मधेश प्रदेश र कोशी प्रदेशमा यस्तो ठगी सबैभन्दा धेरै हुने गरेको उल्लेख छ।

images
images

काठमाडौं- गिफ्ट वा पार्सल, सामाजिक सञ्जाल, झुटा अनलाइन व्यवसाय पोर्टल, ओटीपी फ्रड र अनलाइन चिठ्ठालगायतका माध्यमबाट साइबर प्रविधिमा आधारित ठगी मौलाएको देखिएको छ। 

images
images
images

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले रणनीतिक विश्लेषण प्रतिवेदन (एसएआर), २०२४ प्रकाशन गर्दै साइबर प्रविधिमा आधारित ठगी ६३ प्रतिशतले बढेको उल्लेख गरेको छ। 

images

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा परेका उजुरीहरूबाट यस्तो अपराध बढ्न थालेको प्रतिवेदनमा भनिएको छ। 

images
images
images

बैंक वित्तीय संस्थातर्फ वाणिज्य बैंक र विकास बैंकहरूमा यस्तो आपराधिक घटना बढी देखिएको उल्लेख छ। 

साइबर प्रविधिमा आधारित ठगीमा सबैभन्दा धेरै १९ वर्षदेखि २४ वर्षको उमेर समूहको ७० प्रतिशत र त्यसपछि २५ देखि ३० वर्ष उमेर समूहको संलग्नता बढी रहेको बताइएको छ। पेशागतरुपमा विद्यार्थी र विभिन्न संस्थामा कार्यरत कर्मचारी बढी ठगीमा देखिएको उल्लेख छ। 

यस्तै खातामा कृषक, प्रोपाइटर, फलफूल तथा तरकारी पसल, हाउसवाइफ र बेरोजगार उल्लेख गरिएका व्यक्तिहरू साइबर ठगीमा रहेको पाइएको छ।

५० प्रतिशत साइबर प्रविधिमा आधारित ठगी तीन महिना अवधिको बैंक खाता खोलेर हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

सबैभन्दा धेरै साइबर प्रविधिमा आधारित ठगी बागमती प्रदेशमा हुने गरेको छ। यस्तै बागमतीपछि मधेश प्रदेश र कोशी प्रदेशमा यस्तो ठगी सबैभन्दा धेरै हुने गरेको उल्लेख छ। 

यस्तो ठगी हुने मोबाइल बैंकिङ वालेटमार्फत बढी हुने गरेको छ। पैसा दोबर योजना, क्रिप्टोकेरेन्सीमा लगानी, नेटवर्किङ मार्केटिङ, अनलाइन रुम रेन्ट सर्भिस, आइएलटीएस तथा पीटीईको भुक्तानीमा प्रविधिमा आधारित ठगी हुने गरेको बताइएको छ।

अनलाइन प्रविधिमार्फत हुने ठगी भएको रकम नेपाल तथा भारतका बैंकहरूको एटीएम मेसिन र वालेट खातामा रकम स्थानान्तरण हुने प्रतिवेदनमा भनिएको छ। विभिन्न बैंक वित्तीय संस्था र वालेट कम्पनीहरूमा एउटै फोनबाट खाता खोलेर ठगी गर्ने क्रम बढेको बताइएको छ। 


प्रकाशित : आइतबार, मंसिर २ २०८११६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend