शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

भूमिडाँडाका बाढीपीडित किसानलाई पशु-सुरक्षण बीमा रकम प्रदान

images
आइतबार, मंसिर २ २०८१
images
images
भूमिडाँडाका बाढीपीडित किसानलाई पशु-सुरक्षण बीमा रकम प्रदान

संस्थाले एक लाख रूपैयाँ बीमा बराबरको वार्षिक एक हजार दुईसय रूपैयाँ किसानबाट उठाउने गरेको छ।

images
images

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु-सुरक्षण बीमा रकम प्रदान गरिएको छ।

images
images
images

कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले सेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामूहिक बीमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो।

images

संस्थाले २५ किसानलाई सामूहिक पशु बीमा बापतको २६ लाख रूपैयाँ क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिइन्।

images
images
images

उनका अनुसार पशुको क्षति मूल्यांकनअनुसार पाँचवटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले चार लाख १८ हजार रूपैयाँ रकम पाएकी छिन्। क्षतिको मूल्यांकनमा कम बीमा रकम पाउनेमा ३० हजार रूपैयाँसम्म पाएका थिए।

सहकारीले विपद्‌मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेकी हुमागाईँले बताइन्। उनका अनुसार संस्थाको विपद् कोषमा एक करोड २० लाख रूपैयाँ बीमा रकम सञ्चित रहेको छ।

संस्थाले एक लाख रूपैयाँ बीमा बराबरको वार्षिक एक हजार दुईसय रूपैयाँ किसानबाट उठाउने गरेको छ। संस्थाले उक्त क्षेत्रका तीनसय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८११५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend