बिहीबार , मंसिर ६ गते २०८१    
images
images

वीरगञ्जको सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

images
आइतबार, मंसिर २ २०८१
images
images
वीरगञ्जको सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

images
images

पर्सा- वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो।

images

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताए। चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको उल्लेख गरे।

images

चालु आवको साउनमा तीन अर्ब ७५ करोड रूपैयाँ, भदौमा चार अर्ब ६४ करोड रूपैयाँ, असोजमा चार अर्ब ३६ करोड रूपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजार रूपैयाँले राजस्व संकलनमा कमी आएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८११४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend