आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकमलाई सरकारको सम्मान

images
आइतबार, मंसिर २ २०८१
images
images
सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकमलाई सरकारको सम्मान

गत मंसिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन्।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै नेपाल टेलिकमलाई सरकारले सम्मान गरेको छ।

images
images

अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको हो। गत मंसिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन्।

images
images

नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरिन्।

images
images

आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ। सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।


प्रकाशित : आइतबार, मंसिर २ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend