शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

एन्टिजेन सम्भव छैन खोप कार्ड, हवाई यात्रुले २ वटा मास्क लगाउनु पर्ने

images
बुधबार, माघ ५ २०७८
images
images
एन्टिजेन सम्भव छैन खोप कार्ड, हवाई यात्रुले २ वटा मास्क लगाउनु पर्ने

पुस ३० गते बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडानमा एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको थियो।

images
images

काठमाडौं- आन्तरिक हवाई उडानबाट हवाई यात्रा गर्ने यात्रुले २ वटा मास्क लगाउनु पर्ने भएको छ। मंगलबार गृह मन्त्रालयमा सरोकारवाला निकायसँगको छलफलपछि एन्टिजेन परीक्षण अव्यवहारिक भएको भन्दै मन्त्रिपरिषदको निर्णयलाई अहिले तत्काल कार्यान्वयन नगर्ने र खोप कार्डलाई अनिवार्य गर्ने मौखिक सहमति भएको हो।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले  स्वास्थ्य सचिव समेत सहभागी भएको छलफलले एन्टिजेन तत्काल सम्भव नभएको हुँदा खोप कार्डलाई अनिवार्य गर्ने सहमति भएको बताए।

सहमति अनुसार गृह मन्त्रालयबाट पत्र आएपछि सोही अनुसार सर्कुलर हुने उनको भनाइ छ। तर यात्रुले एकै पटकमा २ वटा मास्क सहित फेससिल्ड भने लगाउनु पर्ने सहमति भएको उनले जानकारी दिए।

images

पुस ३० गते बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडानमा एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको थियो। तर गृह मन्त्रालयमा भएको छलफलमा एन्टिजेन अनिवार्य नगर्ने मौखिक सहमति भएपनि पुरानै निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै निकायमा भने सर्कुलर गरिसकेको थियो।

images


प्रकाशित : बुधबार, माघ ५ २०७८११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend