बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आन्तरिक राजस्व विभागको कर असुली १६ प्रतिशतले बढ्यो, भन्सार विभागले उठायो लक्ष्यको ६३ प्रतिशत कर

आइतबार, मंसिर २ २०८१
आन्तरिक राजस्व विभागको कर असुली १६ प्रतिशतले बढ्यो, भन्सार विभागले उठायो लक्ष्यको ६३ प्रतिशत कर

आन्तरिक राजस्व विभागको राजस्व असुली १६ प्रतिशतले बढ्दा भन्सार विभागले भने लक्ष्यको ६२.९ प्रतिशतमात्रै कर संकलन गरेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयले गरी कुल २ खर्ब ९५ अर्ब रूपैयाँ राजस्व संकलन गरेका छन्।

कात्तिक मसान्तसम्ममा आन्तरिक राजस्व विभागले १ खर्ब ५० अर्ब ९५ करोड र भन्सार विभागले १ खर्ब ४४ अर्ब ३१ करोड रूपैयाँ राजस्व असुली गरेका छन्। आन्तरिक राजस्व विभागको राजस्व असुली १६ प्रतिशतले बढ्दा भन्सार विभागले भने लक्ष्यको ६२.९ प्रतिशतमात्रै कर संकलन गरेको छ।

आन्तरिक राजस्व विभागले गत वर्षको यसै अवधिको तुलनामा २० अर्ब ९५ करोड अर्थात १६.११ प्रतिशत बढी राजस्व उठाएको छ। गत वर्षको कात्तिक मसान्तसम्ममा विभागले कुल १ अर्ब २९ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। विभागले व्यक्तिगत आयकर गत वर्षको यसै अवधिको तुलनामा ६६ करोड ८४ लाख रूपैयाँभन्दा बढी संकलन गरेको छ।

यस्तै गत वर्षको कात्तिक महिनाको तुलनामा विभागले व्यक्तिगत पुँजीगत लाभकर ६ अर्ब ४ करोड, आकस्मिक लाभ कर ४ करोड ४१ लाख रूपैयाँ, निकायतर्फको पुँजीगत लाभ कर ९४ करोड, लाभांश कर १२ करोड ३९ लाख रूपैयाँ, पारिश्रमिकका आधारित सामाजिक सुरक्षा कर १८ करोड १४ लाख रूपैयाँ उठाएको छ।

यसैगरी विभागले विद्युतीय सेवा कर ४ करोड ३० लाख रूपैयाँ, दुरसञ्चार सेवा शुल्क १० करोड ७२ लाख रूपैयाँ, यस्तै आन्तरिकतर्फ मूल्य अभिवृद्धि कर उत्पादनमा ९६ करोड ५० लाख रूपैयाँ, वस्तु बिक्री वितरणतर्फको मूल्य अभिवृद्धि कर ५२ करोड ६१ लाख रूपैयाँ, परामर्श तथा ठेक्कातर्फको मुअ कर १७ करोड १९ लाख रूपैयाँ, पर्यटन सेवातर्फको मुअ कर ५० करोड ७५ लाख रूपैयाँ बढी संकलन गरेको छ।

यस अवधिमा विभागले कुल ४१ अर्ब ४४ करोड रूपैयाँ आन्तरिक मूल्यअभिवृद्धि कर उठाएको छ।

यस्तै यस अवधिमा आन्तरिकतर्फको सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्योगिक उत्पादनतर्फको अन्त:शुल्क पनि बढेको छ। कात्तिक मसान्तसम्ममा विभागले सुर्तीजन्य पदार्थबाट ८ अर्ब ५६ करोड रूपैयाँ, मदिरा ९ अर्ब २ करोड रूपैयाँ, बियरबाट १ध अर्ब ३० करोड रूपैयाँ र औद्योगिक उत्पादनबाट ७६ करोड रूपैयाँ अन्त:शुल्क संकलन गरेको छ।


प्रकाशित : आइतबार, मंसिर २ २०८११३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend