बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

images
शनिबार, मंसिर १ २०८१
images
images
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रूपैयाँ खर्च भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ।

images
images

चालु आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रूपैयाँ बराबरको बजेट ल्याएको थियो। कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रूपैयाँ खर्च भएको छ।

images
images

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ। चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रूपैयाँ बराबर खर्च भएको छ।

images
images

पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रूपैयाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ।

कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा हालसम्म तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख रूपैयाँ बराबर खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ। रासस


प्रकाशित : शनिबार, मंसिर १ २०८११८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend