मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एकजना सहयोगी मात्र

images
शनिबार, मंसिर १ २०८१
images
नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एकजना सहयोगी मात्र

उता किमाथांका सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन्।

images
images

किमाथांका- सङ्खुवासभाको किमाथांका भन्सार कार्यालयमा कर्मचारी नै छैनन्। नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एकजना कार्यालय सहयोगी मात्र रहेका छन्। भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन्।

images
images
images

किमाथांका भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एकजना कार्यालय सहयोगीको भरमा छाडिएको छ। भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ।

images
images

उत्तरी क्षेत्र किमाथांकामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो। द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ।

images
images

भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ। उता किमाथांका सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन्। 

किमाथांका सीमा भन्सारको कामका लागि तीन-चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ। भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो।

उत्तरी क्षेत्र किमाथांका नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन्। भन्सार कार्यालयले गत वर्ष ७५ हजार ५ सय ५७ रूपैयाँ राजस्व संकलन भएको थियो। जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथांका भन्सार कार्यालयले एक लाख ८० हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

किमाथांका नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडीबुटीलगायत सामान आयात-निर्यात गर्दा तीन-चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ। 

किमाथांकावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका आधारमा चिनियाँ बजारमार्फत सामान आयात गर्दै आएका छन्। किमाथांका सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ। खाँदबारीदेखि किमाथांकाको दुरी एक सय ६२ किमि छ। रासस


प्रकाशित : शनिबार, मंसिर १ २०८११५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend