शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अपि पावरको कारोबारमा हरेक दिन नयाँ रेकर्ड, एकाएक किन झुम्मिए लगानीकर्ता ?

images
बुधबार, माघ ५ २०७८
images
अपि पावरको कारोबारमा हरेक दिन नयाँ रेकर्ड, एकाएक किन झुम्मिए लगानीकर्ता ?

अपिले चालु आर्थिक वर्षको पहिलो तीन माहिनामा ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिसेयर आम्दानी ११.१२ रुपैयाँ रहेको छ। 

images
images

काठमाडौं- पुनः हकप्रद दिने भएपछि अपि पावर कम्पनीको सेयर कारोबारमा हरेक दिन रेकर्ड बन्दै गएको छ। अपि पछिल्लो समय सेयर कारोबार धेरै हुने सूचीमा पर्दै आएको छ।

images
images
images

समग्र नेप्से परिसूचक घटेपनि बुधवार अपि पावरको भने सर्वाधिक कारोबार भएको छ। अपिको बुधवार २० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

images
images

अपिको ३ लाख ७० हजार कित्ता कारोबार भएको हो। कम्पनीको पछिल्लो सातादेखि उच्च कारोबारको सूचीमा पर्दै आएको छ। बुधवार अपिको प्रतिकित्ता ५४४ रुपैयाँ प्रतिकित्ता मूल्यमा कारोबार भएको थियो। 

images
images
api 1.PNG

५२ हप्तामा अधिकतम ६७० रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २५६ रुपैयाँमा कारोबार भएको थियो। ०७७/७८ को नाफाबाट ११.०५ प्रतिशत लााभांश घोषणा गरेको कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगदर लाभांश दिनेछ। यो लाभांश कम्पनीले हालसम्मकै धेरै प्रस्ताव गरेको हो। 

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ। नेप्सेमा २ करोड ७५ लाख ८९ हजार १ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत कम्पनीको बजार मूल्यांकन ११ अर्ब १४ करोड ६० लाख रुपैयाँ पुगेको छ। 

गत वर्ष पनि हकप्रद दिएको कम्पनीले पुनः १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेको छ। अपिले ०ः३९ कित्ता हकप्रदको प्रस्ताव गरेको हो। अपिले मुक्तिनाथ क्यापिटललाई व्यवस्थापक नियुक्त गरिसकेको छ। 

अपिले चालु आर्थिक वर्षको पहिलो तीन माहिनामा ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिसेयर आम्दानी ११.१२ रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, माघ ५ २०७८१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend