शनिबार, मंसिर ८ गते २०८१    
images
images

सञ्चित प्राकृतिक स्रोतका आधारमा सबैभन्दा धनी १० देश

रसिया सबैभन्दा धनी, अमेरिका र चीन कहाँ?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २ २०८१
images
images
सञ्चित प्राकृतिक स्रोतका आधारमा सबैभन्दा धनी १० देश

वर्तमान समयको मूल्यांकनका आधारमा रसियासँग ७ सय ५० खर्ब अमेरिकी डलर बराबरको प्राकृतिक स्रोत सञ्चित छ। यसमा सबैभन्दा धेरै हिस्सा कोइला, प्राकृतिक ग्यास, तेल र रेयर अर्थ मेटल्स छन्।

images
images

काठमाडौं- आधुनिक उत्पादनका लागि प्राकृतिक स्रोत अपरिहार्य छ। हामीले प्रायोग गर्न हरकुरा उत्पादनका लागि प्राकृतिक स्रोत बिना असम्भवप्रायः छ। सोहीकारण प्राकृतिक स्रोतको उत्खनन् उल्लेख्य रुपमा बढ्दै गइरहेको छ। 

images
images
images

प्राकृतिक स्रोत धेरै भएका र त्यसको उपभोग गरेका देशहरु धनी हुँदै गइरहेका छन्। प्राकृतिक स्रोत कम भएका वा भएका स्रोतको उपयोग गर्न नसकेका देशहरुले तरक्की गर्न सकेका छैनन्।

images

संसारमा धेरै उपयोगमा आएका प्राकृतिक स्रोहरुमा कोइला, प्राकृतिक ग्यास, तेल, सुन, टिम्बर, तामा, युरेनियमलगायत रेयर अर्थ मेटल हुन्। यी पदार्थहरु उपयोग बिमा मानज जीवन सञ्चालन र धन आर्जन असम्भव जस्तै भइसकेको छ। 

images

२०२१ मा स्टाटिस्टाले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर खबौँ डलर मूल्य बराबरका उपयोगी प्राकृतिक स्रोतहरु छन्। सोही तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले मूल्यका आधारमा १० धेरै प्राकृतिक स्रोत भएको देशको सूची प्रकाशित गरेको छ। विभिन्न देशको सीमा क्षेत्रमा पर्ने त्यस्ता प्राकृतिक स्रोतमा तिनै देशको भागाधिकार रहेको हुन्छ। 

यस्ता प्राकृतिक स्रोतहरु धेरै उद्योगहरुका लागि नभइनहुने पदार्थका रुपमा रहेका छन्। सोहीकारण यस्ता पदार्थहरु आजको वैश्विक युगमा मूल्यवान वस्तुका रुपमा रहेका छन्। 

सबैभन्दा धेरै प्राकृतिक स्रोतको सञ्चिति रसियासँग छ। वर्तमान समयको मूल्यांकनका आधारमा रसियासँग ७ सय ५० खर्ब अमेरिकी डलर बराबरको प्राकृतिक स्रोत सञ्चित छ। यसमा सबैभन्दा धेरै हिस्सा कोइला, प्राकृतिक ग्यास, तेल र रेयर अर्थ मेटल्स छन्। 

२०१८ को अन्त्यतिर रुसी प्राकृतिक स्रोत तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले देशमा मिनरल्सको सञ्चिति करिब १४ खर्ब ४० अर्ब डलरको रहेको देखाएको थियो। विश्वसँग तुलना गर्दा रसियामा भएको जति प्राकृतिक ग्यास कुनै देशसँग छैन। रसियासँग विश्वमा सञ्चित रहेको प्राकृतिक ग्यासमध्ये २० प्रतिशत रहेको अनुमान गरिएको छ। 

रसियापछि धेरै प्राकृतिक स्रोत सञ्चित रहेको देशमा अमेरिका छ। अमेरिकासँग ४ सय ५० खर्ब डलर बराबरको प्राकृतिक स्रोत रहेको छ। अमेरिकासँग मुख्यगरी कोइला, टिम्बर, सुन, तामालगायत पदार्थ छन्। 

खाडी मुलुकहरुसँग पेट्रोलियम पदार्थको भण्डारण धेरै रहेको छ। ती देशहरु त्यही तेल बिक्री गरेर अहिलेको विश्वमा तकक्की गरिरहेका छन्। 

यी हुन् १० धेरै प्राकृतिक स्रोत भएका देशहरु : 

१. रसिया

रसियासँग ७ सय ५० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। रसियासँग भएका मुख्य प्राकृतिक स्रोतमा कोइला, प्राकृतिक ग्यास, तेल, सुन, टिम्बर र रेयर अर्थ मेटल्स हुन्। 

२. अमेरिका

अमेरिकासँग ४ सय ५० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। अमेरिकासँग भएका मुख्य प्राकृतिक स्रोतमा कोइला, प्राकृतिक ग्यास, सुन, टिम्बर र तामा हुन्।

३. साउदी अरेेबिया

साउदी अरेबियासँग ३ सय ४० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। साउदीसँग भएका मुख्य प्राकृतिक स्रोतमा तेल र टिम्बर हो। 

४. क्यानडा

क्यानडासँग ३ सय ३० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। क्यानडासँग भएका मुख्य प्राकृतिक स्रोतमा तेल, प्राकृतिक ग्यास, टिम्बर, युरेनियम र फोस्फेट हुन्।

५. इरान

इरानसँग २ सय ७० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। इरानसँग भएका मुख्य प्राकृतिक स्रोतमा प्राकृतिक ग्यास र तेल हो। 

६. चीन

चीनसँग २ सय ३० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। चीनसँग भएका मुख्य प्राकृतिक स्रोतमा कोइला, टिम्बर र रेयर अर्थ मेटल्स हुन्।

७. ब्राजिल

ब्राजिलसँग २ सय २० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। ब्राजिलसँग भएका मुख्य प्राकृतिक स्रोतमा सुन, तेल, टिम्बर फलाम र युरेनियम हुन्।

८. अस्ट्रेलिया

अस्ट्रेलियासँग २ सय खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। अस्ट्रेलियासँग भएका मुख्य प्राकृतिक स्रोतमा कोइला, सुन, टिम्बर, तामा, फलाम र युरेनियम हुन्।

९. इराक

इराकसँग १ सय ६० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। इराकसँग भएका मुख्य प्राकृतिक स्रोतमा तेल र फोसफेट रक हुन्।

१०. भेनेजुएला

भेनेजुएलासँग १ सय ४० खर्ब अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित रहेको छ। भेनेजुएलासँग भएका मुख्य प्राकृतिक स्रोतमा प्राकृतिक ग्यास, तेल, र फलाम हुन्।


प्रकाशित : आइतबार, मंसिर २ २०८१०८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend