सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

images
शनिबार, मंसिर १ २०८१
images
images
नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

बाँके उद्योग वाणिज्य संघ आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।

images
images

नेपालगञ्ज- नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन्।

images
images

बाँके उद्योग वाणिज्य संघ आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।

images
images

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएकाे बताए। लगानी प्रवद्र्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताए। उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए।

images
images

आजै प्रेस चौतारीले मन्त्री भण्डारीसँग गरेको छलफलमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरुसँग विमर्श गरिने जानकारी दिए। रासस


प्रकाशित : शनिबार, मंसिर १ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend