बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्ति बने राजबहादुर शाह, बैंकमा नबिल र पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

शनिबार, मंसिर १ २०८१
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्ति बने राजबहादुर शाह, बैंकमा नबिल र पर्यटनतर्फ  तारागाउँ रिजेन्सी सम्मानित

कृषि पशुपंक्षजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद प्रालि सम्मानित भएको छ। बैंक वित्तीय संस्थातर्फ नविल बैंक सम्मानित भएको छ।

काठमाडौं- राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले  सबैभन्दा धेरै कर तिर्ने करदातामा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई सम्मानित गरेको छ। 

गोल्डेन वक, रुसलान भोड, वियरलागायतका लिकर उत्पादनमा संलग्न शाहलाई विभागले सम्मान गरेको हो।

आन्तरिक राजस्व विभागले आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शाहसहित आर्थिक वर्ष २०७९/८० मा बढी कर तिर्ने उद्योगी, व्यवसायी, फर्म, बैंक वित्तीय संस्था र कर कार्यालयलाई सम्मान गरेका हुन्।

यसअघि शाहका बुवा विजयबहादुर शाह धेरै आयकर तिर्ने सूचीमा रहँदै आएका थिए। विजयबहादुर शाह, सिद्धार्थ सम्शेर जबरालगायत यो शीर्षकमा आलोपालो सम्मानित हुँदै आएका छन्। 

गत आर्थिक वर्ष निकायतर्फ सबैभन्दा धेरै कर तिर्नेमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ। एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स सम्मानित भएको छ। सूचना प्रविधितर्फ  कोडावतार टेक सम्मानित भएको छ। 

कृषि पशुपंक्षजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद प्रालि सम्मानित भएको छ। बैंक वित्तीय संस्थातर्फ नबिल बैंक सम्मानित भएको हो।

स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये लुम्बिनी मेडिकल कलेज समानित भएको छ। पर्यटनतर्फ यस पटक पनि तारागाउँ रेजन्सी सम्मानित भएको छ।

वस्तु व्यापार कारोबार गर्नेतर्फ आर्थिक वर्ष २०७९/८० मा भाटभोटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोर सबैभन्दा कर तिरेर सम्मानित भएको छ। वार्षिक कारोबार ५० करोड भन्दा बढी १ अर्बसम्म कारोबार गर्नेमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ। 

उर्जामूलुक उद्योगमा भोटेकोशी जलविद्युत आयोजनाले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ। रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिरेर सिटी एक्सप्रेस मनि ट्रान्सफर सम्मानित भएको छ। 

व्यक्तिगत आयकर बुझाउनेमा राजबहादुर शाह सम्मानित भएका छन्। यस्तै समयमा नै मूल्य अभिवृद्धि कर बुझाउनेमा होङसी शिवम सिमेन्ट सम्मानित भएको छ।

वार्षिक कारोबार ५० करोडसम्म कारोबार गर्ने कारदातामध्ये आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा आयकर दाखिला गर्नेमा सोल्टी इन्टरप्राइजे सम्मानित भएको छ। 

विशेष उद्योगमा सबैभन्दा बढी आयकर तिरेर बरुण वेवरेज सम्मानित भएको छ। 


प्रकाशित : शनिबार, मंसिर १ २०८११०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend