शनिबार, साउन १२ गते २०८१    
images
images
images

एन्टिजेन परीक्षण अस्विकार गर्ने वायुसेवा सञ्चालकहरुको निर्णय

images
बुधबार, माघ ५ २०७८
images
images
एन्टिजेन परीक्षण अस्विकार गर्ने वायुसेवा सञ्चालकहरुको निर्णय

निजी हवाई सेवा प्रदायक कम्पनीहरुले आन्तरिक हवाई उडानमा एन्टिजेन परीक्षण सम्भव नभएको भन्दै कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।

images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीहरुले आन्तरिक हवाई उडानमा एन्टिजेन परीक्षण सम्भव नभएको भन्दै कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।

images
images

वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति जारी गर्दै अन्य स्वास्थ्यसँग सम्बन्धित मापदण्ड पालन गर्ने  निर्णय गरेपनि एन्टिजेन परीक्षण नगर्ने बताएको हो। संघले जारी गरेको विज्ञप्तिमा एन्जिटने लागू नगर्ने गरी अन्य विषय मात्रै समावेश गरिएको छ।

images

संघले  सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने, हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, प्रत्येक उडानपछि हवाई जहाज र व्यागेज निसङ्क्रमित गर्नु पर्ने र चेक-इन, बोडिङ, व्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागु गर्ने जनाएको छ।


प्रकाशित : बुधबार, माघ ५ २०७८१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend